चर्चमा मान्छे जम्मा गरेर प्रार्थना गराउने दुइ जना पास्टर पक्राउ

सुर्खेत : लकडाउनको समयमा चर्चमा मानिसहरु जम्मा गेर प्रार्थना गराउने दुइ जना पास्टरलाई पक्राउ गरिएको छ । लकडाउनको उल्लघंन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर-१३ करैखोलामा रहेको कृष्टमण्डली चर्चका पास्टर प्रेम विक र वीरेन्द्रनगर–८ मा रहरेका निस्सीएजी चर्चका पास्टर मोहन गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरी कार्यालयका डीएसपी रवि रावलका अनुसार आज २५/३० जनाको समूह बनाएर उनीहरुले चर्चमा प्रार्थना गराउन लागेका थिए । उनीहरुलाई चर्चबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । प्रार्थना गर्ने अरु व्यक्तिलाई भने  छोडिएको छ । ‘सरकारले लकडाउन गरेको छ । घरबाहिर ननिस्कन र एकै ठाउँमा जम्मा भएर नबस्न भन्दाभन्दै पनि उल्लघंन भइरहेका छ’ रावलले भने, ‘उल्लघंन गरेको पाइएपछि अरुलाई सम्झाएर छोडेका छौंं र पास्टरलाई पक्राउ गरेका हौँ ।’

प्रकाशित मितिः   १५ चैत्र २०७६, शनिबार १८:३७