कालीकोटमा ३७ जना क्वारेन्टाइनमा

मनिराज पाण्डे/कालीकोट : कोरना भाइरस(कोभीड-१९)को बाट जोगाउन कालीकोटका दुई वटा स्थानीय तहका ३७ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

सान्नीत्रीबेणी गाउँपालिकामा २८ जना र राष्कोट नगरपालिकामा ९ जना गरि जम्मा ३७ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

जिल्लाभर ६ सय ६ बेड क्षमताको क्वारेन्टाइन स्थापना गरिएको छ । यस्तै जिल्ला अस्पतालमा चार बेडको  आइसोलेसन पनि तयार गरिएको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए । यद्यपी स्वास्थ्यकर्मीका लागि अतिआवश्यक पर्ने सामग्रीको भने जिल्लामा अभाव रहेको उनले बताए । ज्वरो नाप्ने आइ आर थर्ममिटर, स्वास्थ्य कर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री लगायत नहुँदा जोखिम रहेको महतले जनाए । माग गरिएपनि सम्बन्धीत क्षेत्रबाट प्राप्त नभएको उनको भनाइ छ ।

प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँमा ३ वेडको आइसोलेसन बेड बनाउने तयारी भइरहेको छ ।

यसैबीच जिल्लामा डा विज्ञान प्रजापतीको संयोजकत्वमा ९ सदस्य विपद् उद्दार तथा प्रतिकार्य टिम गठन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौड्यालले जानकारी दिए ।

प्रकाशित मितिः   १५ चैत्र २०७६, शनिबार ११:५९