कर्णाली प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

सुर्खेत : आज(बिहीबार) बस्ने भनिएको कर्णाली प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । विश्वभर फैलिइएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमबाट बच्न सरकारले लकडाउन गरेकाले प्रदेशसभाको बैठक पनि स्थगित गरिएको हो ।

प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएको छ । अर्को सूचना जारी नहुने बेलासम्मका लागि स्थगित गरिएको सचिवालको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Loading...