सुर्खेतमा थप आठ जनालाई क्वारेन्टाइनमा राखियो

सुर्खेत : सुर्खेतमा थप आठ जनालाई क्वारेन्टाइनमा राखिएको छ । वीरेन्द्रनगर–६ मा रहेको जन माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा काठमाण्डौँ र भारतबाट आएका आठ जनालाई क्वारेन्टाईनमा राखिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरु आफै सम्पर्कमा आएका थिए ।

यसअघि प्रदेश सरकारले भारतबाट फर्किआएका एकसय ६ जनालाई क्वारेन्टाईनमा राखिसकेको छ । साथै वीरेन्द्रनगर नगरपालिकाले भारत तथा अन्य देशबाट आएका १७ जनालाई होम क्वारेन्टाईनमा राखेको जनाएको छ ।

Loading...