ऐतिहासिक दुल्लू दरबार

ऐतिहासिक दुल्लू दरबार :  बाइसे–चौबिसे राज्यकालमा जुम्लामा रहेको सिंजा साम्राज्यको शीतकालीन राजधानी थियो दैलेखको दुल्लू । सोही समयमा दरबार निर्माण गरिएको थियो । यसलाई दुल्लू नगरपालिकाले अहिले सङ्ग्राहलयको रूपमा विकास गरेको छ । सङ्ग्राहलयमा पुराना मल्लकालीन पैसादेखि त्यो समयमा मानिसले प्रयोग गर्ने विभिन्न घरायसी सामानहरू राखिएको छ । तस्विर : उदयराज अधिकारी

प्रकाशित मितिः   ५ चैत्र २०७६, बुधबार ०५:०७