वृत्तचित्रमा कर्णालीको वृत्तान्त

कर्णाली प्रदेशलाई चिनाउन डकुमेन्ट्री (वृत्तचित्र) तयार गरिएको छ । यहाँको संस्कृति, जीवनशैली, रहनसहन, भेषभूषा, धार्मिक, पर्यटकीय क्षेत्रलाई समेटेर भिडियो डकुमेन्ट्री तयार गरिएको हो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उप–प्राध्यापक पञ्चदेव भट्टले एकल प्रयासमा यहाँको कला, संस्कृति, जीवनशैली, रहनसहन र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भिडियो डकुमेन्ट्री तयार गरिएको बताए । उनका अनुसार कर्णाली प्रदेशका दशवटै जिल्लालाई समेटेर डकुमेन्ट्री तयार गरिएको छ । करिब एक वर्ष लगाएर तयार पारिएको भिडियो ३२ मिनेट ४३ सेकेण्डको छ । जसमा कर्णालीका वृत्तान्त समेटिएको छ । यहाँको इतिहास, भाषा, संस्कृति, परम्परा र भेषभूषाले महŒवपूूर्ण क्षेत्र भएको भन्दै कर्णाली चिनाउन डकुमेन्ट्री तयार गरिएको उनको भनाइ छ ।

डकुमेन्ट्रीमा सुर्खेतको ऐतिहासिक काँक्रेविहार, बुुलबुुले, दैलेखको ज्वाला, कालिकोटको पचालझरना, राराताल, शे–फोक्सुण्डो, रुकुमको स्यार्पुु ताल, सल्यानको कुुपिण्डे दह, जाजरकोट दरबारलगायतका पर्यटकीय स्थलहरू र विभिन्न लोपोन्मुुख संस्कृति, देउडा, मयूर नाँच, हुड्के नाँच, लोकभाका, धामीझाँक्री परम्परा, कृषि पेसा र राउटे समुुदायको बारेमा देखाइएको छ । भट्टले कर्णाली प्राकृतिक तथा सांस्कृतिक दृष्टिकोणले भरिपूर्ण प्रदेश भएको भन्दै आफूले कर्णाली घुम्ने समयमा भिडियो डकुमेन्ट्री तयार गरिएको जानकारी दिए ।

कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रयास स्वरूप आफूले डकुुमेन्ट्री तयार गरिएको उनले बताए । ‘कामको शिलशिलामा कर्णालीका विभिन्न जिल्लामा घुम्दै गर्दा यहाँको प्राकृतिक सौन्दर्यता, जीवनशैली तथा रहनसहनको बारेमा बुझ्ने मौका पाएँ,’ स्थायी घर बैतडी भएका भट्टले भने, ‘मैले विश्वसामुु यहाँको पर्यटन तथा संस्कृतिको बारेमा जानकारी दिन सकिन्छ भनेर डकुमेन्ट्री बनाएको हुँ ।’ उनले भिडियोले यहाँको पर्यटन र साँस्कृतिक क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पूरा वृत्तचित्र हेर्नुहोस् :

 

प्रकाशित मितिः   ४ चैत्र २०७६, मंगलवार ११:३५