डिजिटल त्रिवेणीमा: बिसी, सिसी र भिसी

विषय प्रवेश

‘विसी’ भनेको ब्रिटिस काउन्सिल हो । ‘सिसी’ भनेको क्लोज्ड सर्किट हो । यसलाई सिसीटिभी पनि भनिन्छ । यो एउटा टेलिभिजन नै हो । ‘भिसी’ भनेको भर्चुअल क्लासरूम हो । नेपालको सन्दर्भलाई वर्तमानमा नियाल्दा आधुनिक सूचना र प्रविधिको विकाससँगै शैक्षित जगतमा सिसी र भिसी भित्र्याउन बिसीको महत्वपूर्ण भूमिका देखिन्छ । विशेष गरी विद्यालय तहमा । यिनै तीनवटा विषयको वर्तमान शिक्षणमा परेको सकारात्मक प्रभावको विषयलाई यस लेखमा प्रस्तुत गर्ने जमर्को गरेको छु ।

को हो बिसी ?

उत्कृष्ट नीतिको प्रभावकारी कार्यान्वयन भएन भने त्यो असफल हुन्छ । कार्यान्वयनको पक्षलाई महत्वपूर्ण मानेर काम गर्ने एउटा गैर राजनीतिक तथा प्राज्ञिक संस्थालाई ब्रिटिस काउन्सिल (बिसी) हो । नेपालको शैक्षिक विकासको लागि ब्रिटिस काउन्सिलको भूमिका महत्वपूर्ण लाग्छ । यसले शिक्षणको प्रभावकारिताको लागि शिक्षकलाई प्रदान गरेको अवसर र प्रोत्साहनबाट के पुष्टि हुन्छ भने शिक्षकलाई आधुनिक सूचना प्रविधिसँग परिचित गराउने, शिक्षण सीपको विकास गराउने, अन्तर्राष्ट्रिय सहकार्यमार्फत शिक्षण अनुभवहरू आदान प्रदान गराएर सिकाउने, शिक्षकलाई विभिन्न नयाँ–नयाँ ठाँउको भ्रमण तथा अवलोकन गराउने, प्रस्तुतिकरणका अवसर प्रदान गर्ने, प्राज्ञिक व्यक्तिहरूसँग परिचित हुने अवसर जुटाइदिने, विद्यालयलाई गुणस्तर चिन्ह प्राप्त गर्नको लागि लगाव प्रदान गर्ने, शिक्षकलाई विभिन्न प्रकारका तालिम प्रदान गर्ने, एक्काइसौं शताब्दीका सीपको विकास गराउने, व्यवहार कुशल सीपको विकास गराउन प्रेरित गराउने जस्ता स्रहानीय कार्यहरू गरेको छ । यसको एउटा कसैले पनि भुल्नै नहुने कार्य के छ भने कार्यान्वयनको पक्षलाई अति महत्वपूर्ण मान्छ । एउटा पच्चीस मिनेटको पेपर प्रस्तुतिकरणको लागि एकजनाको लागि करीब पचासहजार भन्दा माथिको खर्च समेत गरेर, काठमाडौंमा बोलाएर एक दिनको तालिम समेत प्रदान गरेर पेसागत प्रबद्र्धनमा सहयोग समेत गरेको एउटा प्रमाण त म आँफै पनि हो । पछिल्लो समयमा पनि ब्रिटिस काउन्सिलले कोर स्किल अन्तर्गत एउटा महत्वपूर्ण सीप डिजिटल साक्षरता अन्तर्गतका विभिन्न कार्यक्रम, तालिम तथा कार्यशाला गराइरहेको छ । स्रहानीय छ ।

के हो भिसी ?

भिसी भनेको भर्चुअल क्लासरूम हो । यो एक प्रविधिमैत्री कक्षा हो । ब्रोडब्यान्ड प्रविधि मार्फत प्रदान गरिने कक्षा हो । यसमा शिक्षक र विद्यार्थी एउटै कक्षामा आमने सामने भने हुँदैनन् । भर्चुअल भनेको झण्डै नजिक भन्ने हुन्छ । यसमा शिक्षकको कक्षाकोठामा उपस्थिति बीना नै विद्यार्थीले मनोरञ्जन र उत्साहजनक तरिकाले सिक्ने हुन्छन् । यसको लागि नेपालमा पनि विभिन्न प्रकारका कक्षाका लागि ५० इञ्चको टेलिभिजन, ल्यापटप, डेस्कटप कम्प्युटर, मल्टिमेयिा प्रोजेक्टर, एचडिएमआइ, एडप्टर, इन्टरनेट डिभाइस, क्यामरा लगायतका उपकरण कुनै एउटा कोठामा जोडिएको हुन्छ । उक्त कक्षामा एक जना शिक्षकबाट शिक्षण हुन्छ । उक्त शिक्षणलाई विभिन्न कनेक्टेट् विद्यालयका कक्षाहरूसम्म पु¥याइएको हुन्छ । शिक्षक अभाव भएका विद्यालयमा यो प्रभावकारी हुन्छ । यसलाई विद्यार्थीले अनुमति लिएर रेकर्ड गरेर पुनः सिक्ने वातावरण मिलाउन सकिन्छ । यसले सिकाइलाई अन्तर्राष्ट्रियकरण समेत गर्न सकिने सम्भावना बोक्छ ।

भिसी पनि इ–क्लास, टेक्नो ल्याब, स्मार्ट बोर्ड जस्तै आधुनिक प्रविधिको उच्चतम रूप हो । लामो बिदा हुने बेला भर्चुअल कक्षाका भिडियोहरू डाउनलोड गरेर पढ्न सकिने वातावरण यसले बनाउँछ । सुर्खेतको सन्दर्भमा अमरज्योति नमूना मावि, नेवारेलाई हस्ट विद्यालयको रूपमा मानेर अन्य ५ वटा विद्यालयमा भर्चुअल कक्षा पु¥याउनको लागि वीरेन्द्रनगर नगरपालिकाले दशलाख रूपैया छुट्याएको । यसको कार्यान्वयनको सकारात्मक परिणाम आउन बाँकी नै होला । अबका नेपालमा रहेका विभिन्न सरकारहरूले हस्ट विद्यालयका शिक्षकलाई पूर्ण रूपमा डिजिटल साक्षरता प्रदान गरी कार्यक्रम आरम्भ गरेमा मात्र फलदायी हुन सक्ने अपेक्षा गर्न सकिन्छ । शिक्षकहरू शैक्षिक ज्ञान र सीप त होला तर प्राविधिक ज्ञान र सीपको कुरा भिन्न कुरा हो । यसको कार्यान्वयन गर्नेहरूले ध्यान दिनुपर्ने हुन्छ । एउटा ५० इन्चको टेलिभिजन लगेर कक्षा कोठामा झण्ड्याउँदैमा भर्चुअल कक्षा प्रभावकारी नहुन सक्छ । एउटा शिक्षकले शिक्षण मेथोडोलोजी जानेको होला तर उसलाई आधुनिक सूचना प्रविधि प्रयोग गर्न कस्तो प्रकारको तालिम दिइएको छ । कति दिने तालिम दिइएको छ र कार्यान्वयन गर्न खोजिएको छ । त्यो कुरा ब्र्रिटिस काउन्सिलसँग सिकेर कार्यान्वयनमा लैजान उत्तम होला ।

के हो सिसी ?

क्लोज्ड् सर्किट टेलिभिजन आधुनिक सूचना प्रविधिको भरपर्दो उपकरण पनि हो । नेपालको सन्दर्भमा सार्वजनिक क्षेत्रको लागि, निजी क्षेत्रको प्रयोजनको लागि र व्यापारीक प्रयोजनको लागि प्रयोग हुने सिसिटिभी क्यामेरा हो यो । सरकारी निकायले नागरिकहरूको सुरक्षा, विमानस्थलको सुरक्षा, सांस्कृतिक सम्पदाको सुरक्षा, महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, कुटनैतिक नियोगको सुरक्षा, सवारी व्यवस्थापन, विद्यालयमा सिकाइ उपलब्धि अभिवृद्धि गर्ने एक महत्वपूर्ण माध्यम आदि कार्यको लागि उपयोगमा ल्याएको देखिन्छ ।

यसैगरी व्यापारिक प्रयोजनका सम्बन्धमा पनि विभिन्न कार्यालयहरू, कम्पनी, बैंक तथा वित्तीय संस्था, व्यापारिक मलहरू, डिपार्टमेन्ट, सुन चाँदी व्यवसाय हुने स्थानहरू, साइबर क्याफे जस्ता व्यापारिक कारोबार हुने स्थानहरूमा यसको उपयोग गरिएको हुन्छ । वर्तमान दिनहरूमा नेपालका सार्वजनिक तथा निजी विद्यालयमा समेत सिसीटिभीको जडान धमाधम भइरहेको छ । विद्यालयका प्रधानाध्यापक, शिक्षक–कर्मचारी, विद्यार्थीहरू समेत अत्यन्त सकारात्मक रहेको देखिन्छ । प्रधानाध्यापकले कार्यालय कक्षबाट नै सहज रूपमा विद्यालयका दैनिक गतिविधि नियमन गर्न, परीक्षा नियमन गर्न सकिन्छ । कुन पिरियडमा कुन शिक्षक कक्षामा पुगेको छ, कक्षामा गएर शिक्षकले गरेको शिक्षण कार्यको प्रभावकारिता कस्तो छ, विद्यार्थीहरू राम्रोसँग अध्ययन गरेका छन् कि छैनन् जस्ता कुराहरूको नियमन सहज रूपमा कार्यालयबाट नै गर्न सकिन्छ । नियमन गर्दा शिक्षक वा विद्यार्थीले जहाँ कमजोरी गरेका हुन्छन् त्याहाँ सुधारको लागि चेतावनी, सल्लाह वा सुझाव प्रदान गर्न सकिन्छ । यसले शिक्षक र विद्यार्थीको नियमितता बढाउन ठूलो सहयोग पु¥याउन सक्छ । परीक्षा मर्यादित रूपमा सञ्चालन भइरहेको छ कि छैन, विद्यार्थीहरू परीक्षाको नियम अनुसार व्यवहारमा छन् कि छैैनन् भन्ने कुरा पनि यसबाट थाहा पाउन सकिन्छ । यसका अतिरिक्त विद्यालय छोडेर भाग्न खोज्ने, भाग्ने, बिहानीको प्रार्थनामा लाइनमा नजान खोज्ने, कक्षामा पढाइ भइरहेको बेला बाहिर घुम्न खोज्ने, कक्षामा असभ्य र उदण्ड व्यवहार गर्न खोज्ने प्रकारका विद्यार्थीहरूलाई पनि सिसीटिभीको सहायताले व्यवहार सुधार गर्न लगाउन सकिन्छ । अभिभावकसँग उसको व्यवहारको बारेमा इमेज र रेकर्डसहित बताउन सकिन्छ ।

उपसंहार

नेपाल सरकारले सन् २०२७ लाई डिजिटल नेपाल वर्षको रूपमा मनाउने तयारी गरिरहेको छ । डिजिटल साक्षरता हो । मिडिया भर्चुअल जगतमा अन्तत्रियाको माध्यमबाट डिजिटल प्रणालीले सहज रूपमा वैज्ञानिक आविष्कार र चमत्कारबारे जानकारी दिइरहेको परिवेशमा अबका दिनमा शिक्षणलाई पनि साँच्ची नै सुधार गर्ने हो भने शिक्षकलाई डिजिटल त्रिवेणीमा पु¥याऔं । शिक्षकलाई बिसी, सीसी र भिसिसँग परिचित गराऔँ । बिसीले भनेको एक्काइसौँ शताब्दीका कोर स्किललाई आधुनिक सूचना र प्रविधिसँग परिचित भइ शिक्षण गर्न सक्ने बनाऔँ । लक्षित समूहसम्म यो कार्यक्रमलाई पु¥याऔँ । हामीले प्रदान गरिरहेको शिक्षामा तागत भेटिने छ ।

प्रकाशित मितिः   २९ फाल्गुन २०७६, बिहीबार ०९:३९