छोरी जन्माउँदा अवहेलित

मुना हमाल, 
सुर्खेत : वीरेन्द्रनगरकी राजकुुमारी (नाम परिवर्तन) ले पाँच छोरीलाई जन्म दिइन् । छोराको आशैआशमा पाँच छोरी जन्मिएपछि परिवारबाट उनले दिनहुँ मानसिक र शारीरिक पीडा सहुनप¥यो । त्यति मात्रै होइन छोरा नजन्मिएकै कारण श्रीमान्ले साथ छोडे ।

श्रमान्ले अर्को विवाह गरे । श्रीमान्बाट छुट्टिएपछि राजकुमारीले एक्लै पाँच छोरीको लालनपालनको जिम्मेवारी निभाइन् । ‘छोरा जन्मिने आशमा मैले पाँच छोरीलाई जन्म दिएँ’ उनले भनिन् ‘छोरी मात्र जन्माइ भनेर श्रीमान्ले साथ छोडे । अर्को विवाह गरेर छोरा जन्माए  ।’ छोरी मात्र जन्माएकै कारण घरपरिवारबाट अवहेलित हुुनुपरेको उनी बताउँछिन् ।

पाँच सन्तान एक्लै हुर्काउन सजिलो छैन । तर उनले हिम्मत हारेकी छैनन् । महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील नवज्योति केन्द्रको सहयोगमा अंश मुुद्दामा तीन कठ्ठा जमिन आफ्नो नाममा बनाउन सफल भएकी राजकुमारी समाजको अवहेलनासँग पनि जुधिरहेकी छिन् । सँग–सँगै पाँच छोरीको शिक्षा, पालनपोषणको भार उठाउन पनि समस्या भइरहेको छ ।

पञ्चपुरी नगरपालिकाकी रमादेवी (नाम परिवर्तन) ले पनि छोरी जन्माएकै कारण श्रीमान्को मात्र होइन परिवारकै साथ गुुमाउनुुप¥यो । दुुई छोरी जन्मिँदासम्म उनले परिवारबाट शारीरिक तथा मानसिक पीडा सहिन् । छोरा जन्मिने आशमै हिंसा सहेर बसिन् । कतिसम्म भने छोरी जन्मिएको ६ दिनमै न्वारन नै नगरी परिवारले रमादेवीलाई खेतबारीको काममा पठाइदिए । खानपान र स्वास्थ्यको हेरचाह नहुुँदा स्वास्थ्यसमेत गल्दै गयो । शारीरिक र मानसिक पीडाले सहँदा–सहँदै पनि अर्को समस्याले गाँज्यो । पाठेघरमा गम्भीर समस्या देखिएपछि माइतीको सहयोगमा उपचार गरिन् । छोरा नजन्मिएकै कारण उनलाई पनि परिवारले साथ दिएन । ‘छोरी जन्माएको छैटौं दिनमै काम पठाए’ उनले भनिन्, ‘राम्रोसँग खाना समेत पाइन । अन्त्यमा आएर श्रीमान्ले नै साथ छोडे ।’ परिवारबाट अलग्गिएर उनले अहिले आफै दुुई छोरी र छोराको लालनपालन गर्दै आएकी छिन् ।

राजकुमारी र रमादेवीजस्तै छोरी जन्मिएकै कारण परिवारबाट अवहेलित भएकी हुन् वीरेन्द्रनगरकै रीता (नाम परिवर्तन) । छोरी जन्मिएपछि श्रीमान् बेपत्ता भए । भएको घरजग्गा धितोमा ऋण निकालेर बेपत्ता भएका श्रीमान् अझै फर्किएका छैनन् । वीरेन्द्रनगरकी माया (नाम परिवर्तन) ले तीन छोरी जन्मिएपछि श्रीमान्बाट हिंसा सहनुुप¥यो । छोरीहरूलाई पढाउन अहिले सानोतिनो व्यवसाय गर्दै आएकी उनी भन्छिन्, ‘छोरी जन्माएकै कारण मलाई श्रीमान्ले साथ दिएनन् । तीन छोरीको एक्लै लालपालन जुुटाउन समस्या छ । छोरीहरूलाई आफूले जसरी दुुःख नपाउन भनेर जसरी भए पनि पढाउन दुुःख गरेकी छुु ।’

छोरी जन्माएकै कारण अवहेलित हुन पुगेका प्रतिनिधिमूलक पात्रहरू मात्रै हुन्, यी । समाजमा यस्ता धेरै महिला छन्, जो छोरा नजन्मदा हिंसाको सिकार भइरहेका छन् । घरबाट निकालिएका छन् । छोरा जन्माएपछि खुशी हुुने र छोरी जन्माएपछि दुुःखी हुुने प्रवृत्ति समाजमा अझै पनि कायमै छ । जसले गर्दा हिंसापीडित महिलाहरूका छोरा–छोरीको शिक्षादिक्षामा समेत समस्या छ । अधिवक्ता गीता कोइरालाले छोरी जन्माएकै कारण महिलाहरू अवहेलित हुुनुु परेको घटना धेरै भएको बताइन् । शारीरिक, मानसिक, आर्थिक र सामाजिक हिंसा भोग्नुु परेको उनको भनाइ छ । कोइरालाका अनुसार ग्रामीण भेगका महिलाहरू अझ धेरै समस्यामा छन् । छोरा र छोरीबीच विभेद नगर्न कानुुन बनेपनि व्यवहारमा त्यसको कार्यान्वयन नहुँदा महिलाहरू हिंसामा परिरहेका छन् ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास महाशाखामा प्रमुुख विश्वमणी जोशीले छोरी जन्माएकै कारण महिलाहरूले विभेद र हिंसा सहनुु आजको समाज सुहाउँदो नभएको बताउँछिन् । परम्परागत गलत संस्कारले गर्दा महिलाहरूले अहिले पनि दुःख पाइरहेको उनले बताइन् । महिला माथि हुुने यस्ता हिंसालाई अन्त्य गर्नका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिदै जोशीले प्रदेश सरकारले छोरीहरूको संरक्षणका लागि बैंक खाता छोरीकोः सुरक्षा जीवनभरीको, छोरी–बुुहारी छात्रावृत्ति लगायतका योजनाहरू ल्याएको बताइन् ।

प्रकाशित मितिः   २६ फाल्गुन २०७६, सोमबार ०५:००