आँखामा खुर्सानीको धुलो छर्किएर लुटपाट

सुर्खेत, १५ चैत । आँखामा खुर्सानीको धुलो छर्किएर वीरेन्द्रनगरमा एक महिलाबाट नगद लुटिएको छ । सोमवार दिउँसो वीरेन्द्रनगरस्थित कृषि विकास बैंक नजिकैबाट बर्दियाकी पार्वती बुढाको साथबाट नगद १ लाख २५ हजार रुपैयाँ लुटिएको हो ।
प्रभु बैंकबाट रकम निकालेर कोठातर्फ जाँदै गर्दा अपरिचित व्यक्तिले उनको आँखामा खुर्सालीको धुलो फ्याकेर नगद लुटेर भागेको प्रहरीले जानाएको छ । लुटेराको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 
प्रकाशित मितिः   १५ चैत्र २०७२, सोमबार ०९:११