जनसेवामा पढाइ मेला

सुर्खेत : जनसेवा माध्यमिक विद्यालय घुस्रामा पढाइ मेला सम्पन्न भएको छ । मेलामा आठ सय भन्दा बढी शैक्षिक सामग्रीहरू प्रदर्शनी गरिएको थियो ।  विद्यार्थी र कक्षा अनुसार राखिएका १४ वटा स्टलमा हवाइजहाज, पंखा, डोजर, विद्युतीय घर, आलुबाट चल्ने घडी, हाइड्रोलिक डोजर, प्लाष्टिकबाट पंखा लगायत शैक्षिक सामग्रीहरू प्रदर्शनी गरिएको हो । उक्त प्रदर्शनीमा वडा नं. १० का विद्यालयहरू का“क्रेविहार प्रा.वि. चारकुने, नेपाल राष्ट्रिय आधारभूत विद्यालय बामेखोला, मंगलगढी प्राथमिक विद्यालय दीपनगर लगायतका विद्यालयहरूका शिक्षक तथा विद्यार्थीहरूले पनि प्रदर्शनीको अवलोकन गरेका थिए ।

उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका निमित्त प्रमुख नारायणप्रसाद पौडेल, भागवत रिजाल र नगर शिक्षाका रामलाल आचार्य, वडा नं. १० का वडा अध्यक्ष रत्नबहादुर बुढा, वडा नं. ११ का वडा अध्यक्ष नन्दलाल शर्मा, विद्यालयका प्रधानाध्यापक भक्तबहादुर शाही लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २२ फाल्गुन २०७६, बिहीबार ०५:००