नामिबियाद्वारा नेपालसामु २४० रनको चुनौति पेश [LIVE]

यसअघि शनिबार सम्पन्न खेलमा नेपालले नामिबियालाई ५ विकेटले हराएको थियो बलिङतर्फ नेपाली स्पिनरहरु बसन्त, शक्ति र सन्दीपले २/२ विकेट लिए । नामिबियाले दुई विकेट रनआउटमार्फत गुमाएको थियो ।पछिल्ला क्रममा ब्याट्सम्यानहरु जेपी कोट्जेले ३२ र निकोलास स्कोल्सले २२ रनको विष्फोटक पारी खेलेका थिए । त्यस्तै सरेल वर्गरले  अविजित ४३ रन बनाए ।मध्यक्रममा सुस्त गतिमा रन बनेपछि अन्तिम ओभरमा नामिबियाका पछिल्ला क्रमका ब्याट्सम्यानहरुले नेपाली बलरलाई दवावमा राखेका थिए । ४६औं ओभरमा नेपाली फाष्ट बलर सोमपाल कामीले २० रन दिएका थिए ।त्यसयता नामिबियाका पाँच ब्याट्सम्यान छिट्टै पेविलियन फर्किए । ओपनरहरु वार्डले ५१ रनको अर्धशतकीय पारी खेले भने अर्का ओपनर जेन गि्रनले ४७ रन बनाए ।उत्कृष्ट सुरुवात गरेको नामिबियाका मध्यक्रमका ब्याट्सम्यानहरु चल्न नसक्दा ठूलो योगफल बन्न सकेन । सुरुवाती बीस ओभरमा बिनाक्षति ९५ रन प्रहार गरेको नामिबिया २१औं ओभरमा कप्तान बार्ड आउट भएसँगै विकेट पतनको क्रममा पुग्यो । नेपाल केहिबेरमा ब्याटिङमा उत्रदैछ ।कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको हो ।६ वैशाख, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत कीर्तिपुर मैदानमा जारी खेलमा नामिबियाले नेपालसामु २४० रनको विजयलक्ष्य पेश गरेको छ ।
#nepvsnam Tweets

प्रकाशित मितिः   ६ बैशाख २०७३, सोमबार ०६:०५