युवा क्लबलाई आर्थिक सहयोग

सुर्खेत : व्यवसायी तिर्थ सुनारले युवा क्लवलाई आर्थिक सहयोग गरेका छन् । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी सुनारले गुराँस गाउँपालिका दैलेखको तल्लो डुङ्गेश्वरस्थित पञ्चकोशी युवा क्लबलाई नगद पाँच हजार एक सय सहयोग हस्तान्तरण गरेका हुन् ।

समाजमा देखापरेका विभिन्न अवस्थाका गरीब, असहायहरूलाई सहयोग गर्दै आएका व्यवसायी सुनारले क्लवको वार्षिकोत्सवको अवसरमा उक्त रकम हस्तान्तरण गरेका हुन् । उनी विगतदेखि नै सामाजिक कार्यमा सक्रिय छन् ।

प्रकाशित मितिः   १३ फाल्गुन २०७६, मंगलवार ०५:००