वृत्तचित्र प्रदर्शन

सुर्खेत : द्वन्द्वपीडितका पीडाहरूलाई समेटेर वृत्तचित्र बनाइएको छ । द्वन्द्वपीडित साझा चौतारीले आइतवार वीरेन्द्रनगरमा वृत्तचित्र सार्वजनिक गरेको छ ।

वृत्तचित्रमा १० वर्षे सशस्त्र द्वन्द्वका समयमा पीडित तथा प्रभावितहरूको पीडा, यौनजन्य हिंसाका घटना, संघर्ष, अधिकार लगायतका प्रतिनिधिमूलक घटनाहरूलाई समेटिएको छ । द्वन्द्वपीडित साझा चौतारीले देशका विभिन्न क्षेत्रमा यसअघि सत्यको बयान कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा पीडितहरूले आफ्ना पीडाहरू राखेका थिए । सोही कार्यक्रमलाई आधार बनाएर वृत्तचित्र बनाइएको हो ।

वृत्तचित्रमा सातै प्रदेशका पीडितहरूलाई समावेश गरिएको छ । द्वन्द्वको समयमा बेपत्ता भएकी सुुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १० शान्तिनगरका दीपा ओली, हत्या गरिएका गुुर्भाकोट नगरपालिका वडा नं. १ मालारानीका कृपासिंह घर्ती र रुकुुमपश्चिमको त्रिवेणी गाउँपालिका वडा नं. १ खराका भानुु वलीलगायत सातै प्रदेशका पीडित परिवारको पीडालाई समेटिएको छ । पीडित परिवारले राज्यले न्याय दिन नसकेको, समस्याहरू सम्बोधन नगरेको गुुनासो वृत्तचित्रमा राखेका छन् । द्वन्द्वको घाउमा मलहमपट्टी लगाउन राज्यले न्याय दिनुुपर्ने, पीडित परिवारलाई रोजगारी, शिक्षादिक्षाको व्यवस्था गर्नुपर्ने माग उनीहरूले गरेका छन् ।

द्वन्द्वपीडित साझा चौतारी कर्णाली प्रदेशका अध्यक्ष शीतलसिंह राठोरले द्वन्द्वको समयमा भएका घटनालाई उजागर गर्न र पीडितलाई न्याय दिलाउनका लागि पहल गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको बताइन् । उनले वृत्तचित्रले राज्यलाई झक्झकाउने पनि उल्लेख गरिन् । ‘द्वन्द्वका समयमा भएका घटनालाई अभिलेख गर्न र फेरि यस्ता घटना देशमा नदोहोरिन पनि यो वृत्तचित्रले सहयोग पुु¥याउँछ भन्ने हामीले अपेक्षा गरेका छौं’ राठोरले भनिन् ।

कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुुनमन्त्री नरेश भण्डारीले द्वन्द्वपीडितको समस्या समाधान गर्नका लागि सरकार गम्भीर र संवेदनशील रहेको बताए । उनले प्रदेश सरकारले शान्ति अध्ययन तथा घाइते अपाङ्गता पुनस्र्थापना केन्द्र स्थापना गरेर सम्बोधन गरिने समेत बताए । ‘द्वन्द्वपीडितहरूको पीडा धेरै छ । अझ गाउँ–गाउँको पीडा सतहमा आइसकेको छैन । पीडितको घाउमा मलहमपट्टी लगाउने काम राज्यले गर्छ’ उनले भने ।

कार्यक्रममा वृत्तचित्र हेरिसकेपछि द्वन्द्वपीडित गुुर्भाकोट नगरपालिका वडा नं. ७ मेहेलकुुनाका छत्रपति थापाले तीन वटै सरकार द्वन्द्वपीडितको समस्याप्रति गम्भीर हुनुुपर्ने बताए । वीरेन्द्रनगर नगरपालिकाका वडा नं. ८ क्याम्पसरोडका शान्ति ढकालले भनिन् ‘अझैसम्म पनि सरकारले न्याय दिन सकेको छैन । द्वन्द्वपीडित परिवारलाई रोजगारी र शिक्षाको ग्यारेण्टी हुुनुुपर्छ ।’ गुुर्भाकोट नगरपालिका वडा नं. ७ मेहेलकुुनाका ममता नगालले सरकारले द्वन्द्वपीडितलाई आश्वासन मात्र दिएको गुुनासो गरिन् ।