सुर्खेतमा गजल महफिल


सुर्खेत : सुर्खेत गजल महेफिलको पाँचौं श्रृंखला शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाजले आयोजना गरेको महेफिलमा चार जना स्रष्टाहरूले आफ्ना गजल वाचन गरेका थिए ।

अमला अधिकारी, एमपी केयरलेस, विमला दाहाल र सन्देश कठायतले आफ्ना उत्कृष्ट गजल वाचन गरेको समाजका अध्यक्ष भरत प्रमोद दाहालले जानकारी दिए । उनका अनुसार गजल वाचन सँगसँगै अमला अधिकारीको उपन्यास ‘आलय’माथि विमर्श पनि गरिएको छ । उक्त पुस्तकमाथि मध्य–पश्चिमाञ्चल विश्वविद्यालयका उप–प्राध्यापक विष्णुकुमार खड्का र समीक्षक दिव्य खड्काले चर्चा गरेका थिए । साथै लेखक अधिकारीले पुस्तक लेख्दाका अनुभव पनि बताएकी थिइन् ।