पर्यटन सम्बन्धी विधेयक तयार

सुर्खेत : कर्णालीमा पर्यटन सम्बन्धी विधेयक तयार गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णाली प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७६ तयार गरेको हो । प्रदेशसभाको चालु हिउँदे अधिवेशनमा पेश गर्ने गरी विधेयक तयार गरिएको छ । विधेयकको मस्यौदा तयार पारेर स्वीकृतिका लागि मन्त्रिपरिषद्को बैठकमा पठाइएको थियो । मन्त्रिपरिषद्को बैठकले विधेयक समितिमा छलफलका लागि पठाएको छ ।

मन्त्रालयका कानुुन अधिकृत खगेन्द्र खत्रीले प्रदेशको पर्यटन सम्बन्धी विधेयक तयार गरिएको जानकारी दिए । विधेयकमा पर्यटन प्रवद्र्धनलाई जोड दिइएको छ । उनका अनुसार पर्यटन प्रवद्र्धन, पदयात्रा, जलयात्रा, साहसिक पर्यटन, धार्मिक तथा ऐतिहासिक पर्यटनको प्रचार–प्रसार, संरक्षण तथा प्रवद्र्धन र व्यवस्थापनका विषयलाई विधेयकमा समेटिएको छ । पर्यटन व्यवसायीलाई पर्यटन इजाजत–पत्र दिइने पनि व्यवस्था गरिएको छ । पर्यटन सम्बन्धीका संस्था तथा ट्राभल कम्पनी दर्ता, पर्यटन व्यवसायको दर्ता, इजाजत–पत्र, नविकरणलगायतको व्यवस्था पनि विधेयकमा उल्लेख गरिएको छ ।

यस्तै विधेयकमा कर्णालीको लोकसंस्कृतिको संरक्षणका लागि सांस्कृतिक समूहहरू दर्ता गर्ने व्यवस्था गरिएको छ । कानुुन अधिकृत खत्रीले कर्णालीको लोक संस्कृतिले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुुग्ने भएकाले यस्ता समूहलाई प्रवद्र्धन गर्न विधेयकमा व्यवस्था गरिएको जानकारी दिए । पर्यटन सम्बन्धी विधेयक प्रदेशसभाबाट पारित भएपछि पर्यटन व्यवसाय प्रदेशमै दर्ता हुुने र राजश्व संकलनमा वृद्धि हुुने उनको भनाइ छ । प्रदेशको विधेयक नहुँदा पर्यटनबाट उठ्ने राजस्व संघीय सरकारले नै उठाउँदै आएको छ । विधेयक प्रदेशसभाबाट पारित भएपछि प्रदेश सरकारले आफै राजस्व संकलन गर्न पाउनेछ । सबै काम प्रदेश सरकार मातहत आउँदा प्रदेशको क्षेत्राधिकार संस्थागत हुुने उनको भनाइ छ ।

विधेयकमा बाह्य पर्यटनसँगै आन्तरिक पर्यटकलाई विशेष प्रवद्र्धन गरिने व्यवस्था गरिएको खत्रीले जनाए । साथै विधेयकमा पर्यटन प्रहरीको व्यवस्था पनि गरिएको छ । प्रदेशमा रहेका पर्यटकीय स्थलहरूमा पर्यटन प्रहरीको व्यवस्था गरिने प्रावधान बनाउन लागिएको हो ।

प्रकाशित मितिः   १० फाल्गुन २०७६, शनिबार ०५:००