जनमाविको वार्षिकोत्सव

सुर्खेत : वीरेन्द्रनगरको जन नमूना माध्यमिक विद्यालयको ६८औं वार्षिकोत्सव तथा अभिभावक दिवस आइतवार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जन नमूना माध्यमिक विद्यालय कर्णाली प्रदेशकै एक उत्कृष्ट शैक्षिक संस्था भएको बताए । उनले थप गुणस्तरीय शिक्षा प्रदान गर्दै मुलुकलाई आवश्यक जनशक्ति उत्पादनमा लाग्न सुझाव समेत दिए । साथै उनले विद्यालयको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले हरेक वर्ष विद्यालयले प्रगति गर्दै अघि बढेको बताए । गुणस्तरीय शिक्षा प्रदान गर्दै आजको समयले मागेको जनशक्ति उत्पादन गर्नु विद्यालयको मुख्य दायित्व भएको धारणा उनले राखे । सबैको सहयोग भएमा विद्यालयले थप प्रगति हासिल गर्ने उनको भनाइ थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीका साथै विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको छ ।

प्रकाशित मितिः   ५ फाल्गुन २०७६, सोमबार ०५:००