सामुदायिक रेडियोको भूमिकाबारे चर्चा

सुर्खेत : समाज बदल्नका लागि सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहने सरोकारवालाहरूले बताएका छन् । समाजलाई सही बाटोमा हिँडाउन र समृद्धि हासिल गर्न सामुदायिक रेडियोहरूको भूमिका महत्वपूर्ण भएको उनीहरूको भनाइ छ । नवौं विश्व रेडियो दिवसको अवसरमा मंगलवार सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशमा सामुुदायिक रेडियोको भूमिका थप महत्वपूर्ण हुुने बताए । प्रदेशलाई समृद्धको बाटोमा हिँडाउन सामुुदायिक रेडियोहरूले आफ्ना गतिविधि सञ्चालन गर्न उनले सुझाव दिए । समाज परिवर्तन गर्नका लागि समुदायिक रेडियो र प्रदेश सरकार मिलेर काम गर्नुपर्नेमा पनि जोड दिए । प्रदेश सरकारले प्रदेशमा सञ्चार क्षेत्रको विकासका लागि आमसञ्चार प्रतिष्ठान गठन गर्ने तयारी गरेको उनले जानकारी दिए ।

यस्तै वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले आम नागरिकलाई सचेत गराउन सामुदायिक रेडियोहरूले महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले अझै पनि रेडियोहरूले नागरिकहरूलाई सचेत गराउनुपर्नेमा जोड दिइन् । साथै स्थानीय तह र सामुुदायिक रेडियोहरूले सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको पनि उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले जनताको आवाज बोल्ने रेडियोहरूले थुपै्र चुनौती हुुँदाहुँदै पनि अघि बढेको बताए । कार्यक्रममा महिला तथा मानवअधिकारकर्मी पवित्रा शाहीले सामुदायिक रेडियोहरूले सामाजिक विकृति अन्त्य गर्न लाग्नुपर्ने बताइन् । उनले सामुदायिक रेडियोले महिला तथा मानवअधिकारको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको समेत जनाइन् । सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले सरकारले सामुुदायिक रेडियोहरूलाई अगाडि बढाउने गरी सरकारले नीति ल्याउनुुपर्नेमा जोड दिए ।

प्रकाशित मितिः   २९ माघ २०७६, बुधबार ०५:००