पहिलो ओडीआई जीतको खोजी

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा आज (शनिवार) नेपालले अमेरिकासँग खेल्दैछ । सिरिजमा यो तेस्रो खेल हो भने नेपाल र अमेरिकाका लागि दोस्रो । यसअघि भएको खेलमा नेपाल र अमेरिका दुवै टिम ओमानसँग पराजित भएको थिए ।

घरेलु मैदानमा भइरहेको पहिलो एकदिवसीय मान्यता (ओडीआई) सिरिजमा नेपाल पहिलो खेलमै ओमानसँग १८ रनले पराजित भएको थियो । अमेरिकाविरुद्ध खेल्दा नेपाल घरेलु मैदानमा पहिलो ओडीआई जीत हात पार्ने लक्ष्यमा हुनेछ । नेपालले यसअघि खेलेका दुई ओडीआई सिरिजमा पनि पहिलो खेल हार्दा दोस्रो खेल जितेको थियो । यद्यपि त्यो दुई टिमको सिरिज थियो । अहिले भने सन् २०२३ को ओडीआई विश्वकपको रोडम्याप समेत रहेको यो त्रिकोणात्मक सिरिज हो, जहाँ एक टिमले अर्को टिमसँग २–२ खेल खेल्नेछ ।

नेपाललाई हराएको ओमानले भोलिपल्टै अमेरिकामाथि ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जीत हात पारेको थियो । त्यसैले अमेरिका पनि पहिलो जीतको खोजीमा छ । पहिलो खेलमा ओमानविरुद्ध ज्ञानेन्द्र मल्ल र पारस खड्काले ओपनिङ गरे पनि नेपालले कुनै कमाल गर्न सकेन । नेपालले यसअघि खेलेका दुई ओडीआई सिरिजमा पनि पहिलो खेल हार्दा दोस्रो खेल जितेको थियो । त्यसैले ओमानसँग हारेको नेपाल अमेरिकाविरुद्ध घरेलु मैदानमा पहिलो ओडीआई जीत हात पार्ने लक्ष्यमा हुनेछ । ज्ञानेन्द्र एक र पारस तीन रनमै आउट हुँदा नेपालले ४ रन हुँदा २ विकेट गुमाएको थियो । यो जोडी चल्यो भने नेपालले राम्रो गर्ने सक्ने ज्ञानेन्द्रको भनाइ थियो ।

प्रकाशित मितिः   २५ माघ २०७६, शनिबार ०५:००