गाडीभित्र मृत भेटिए चालक
सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ११ चिप्लेमा निर्माणाधीन भेरी–बबई डाइभर्सन आयोजनामा एक जनाको बेवारिसे अवस्थामा शव फेला परेको छ । भेरी–बबई डाइभर्सन आयोजनाको बा २१ च १०४ नम्बरको बोलेरो गाडीमा शव फेला परेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक माधव चौधरीले जानकारी दिए ।
चौधरीका अनुसार शव बाँके जिल्ला खजुरा गाउँपालिका वडा नम्बर–३ का अन्दाजी ३२ वर्षका प्रदिप पराजुलीको हो । पराजुलीले विगत केही समयदेखि त्यहीँ गाडी चलाउने गरेका थिए । घटनाको थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २३ माघ २०७६, बिहीबार ०५:००
साझा बिसौनी ।