विमल बने प्रथम स्कुल म्याथ स्टार
सुर्खेत : साउथ एसियन स्कलार्स एकेडेमी सुर्खेतमा अध्ययनरत विमल घिमिरे प्रथम स्कुल म्याथ स्टार बनेका छन् । गणित शिक्षा परिषद् सुर्खेत शाखाले आयोजना गरेको विद्यालयस्तरीय गणितीय प्रतियोगितामा सर्वोत्कृष्ट भइ उनी पहिलो स्कुल म्याथ स्टार बनेका हुन् । प्रतियोगितामा साउथका विमल प्रथम हुँदा इगरब्रिज माध्यमिक विद्यालयका समिर बिसी द्वितीय हुन सफल भए । यस्तै सुर्खेत होराइजन एकेडेमीका स्नेहा शाही र जन नमुना माध्यमिक विद्यालयका मनोज योगीले तृतीय स्थान हासिल गरे । माघ ४ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका २५ वटा विद्यालयका एक सय ६० जना विद्यार्थीको सहभागिता रहेको थियो । विभिन्न चरणमा भएको प्रतियोगिताको शनिवार सम्पन्न भएको हो । समापन कार्यक्रम परिषद्का सुर्खेत शाखा अध्यक्ष प्रेमकुमारी ढकालको सभापतित्व, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलको प्रमुख आतिथ्यता तथा गणित शिक्षा परिषद् कर्णाली प्रदेशका अध्यक्ष रत्नप्रसाद पाण्डेको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
प्रकाशित मितिः १९ माघ २०७६, आईतवार ०९:१८
साझा बिसौनी ।