वीरेन्द्रनगर जेसीजमा घिमिरे

सुर्खेत : वीरेन्द्रनगर जेसीज वर्ष–२०२० को अध्यक्षमा जेसी शिवराज घिमिरे चयन भएका छन् । घिमिरेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको कार्यकारिणी उपाध्यक्षमा हिक्मत सापकोटा र सञ्जोग भण्डारी, कानुनी सल्लाहकारमा पूर्णप्रसाद भण्डारी, महासचिवमा शैलेन्द्र पाठक, कोषाध्यक्षमा आकृति खड्का तथा उपाध्यक्षमा यज्ञ खत्री, चेतना कोइराला, प्रमोद खड्का र यामप्रसाद लामिछाने चयन भएका छन् । शनिवार वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच नयाँ कार्यसमितिको पदस्थापन गरिएको छ ।