सहमतिपछि आन्दोलन फिर्ता

सुर्खेत : टिप्परको ठक्करबाट कालिकोटको महाबै गाउँपालिकाका केशर सिंहको ज्यान गएपछि पीडित पक्षले गरेको आन्दोलन सहमतिपछि फिर्ता भएको छ । आक्रोशित आफन्तले तीन दिनदेखि वीरेन्द्रनगर बजार बन्द गराउनका साथै प्रदर्शन समेत गरेका थिए । बिहीवार भएको वार्ताबाट प्रशासन र पीडित पक्षबीच भएको पाँच बुँदे सहमतिपछि आन्दोलनका सम्पूूर्ण कार्यक्रम फिर्ता गरिएको हो ।

प्रमुुख जिल्ला अधिकारी बसन्त अधिकारीले टिप्पर चालक राजकुमार बोहोरालाई हदैसम्म कारबाही गर्नका लागि कानुुनी प्रक्रिया अगाडि बढाउन किटानी जाहेरी दिने, पीडित पक्षलाई कानुुन बमोजिम दिइने क्षतिपूूर्तिका लागि प्रक्रिया अघि बढाइने र आन्दोलनका कार्यक्रम सबै फिर्ता लिने सहमति भएको जानकारी दिए ।
यस्तै पीडित पक्षलाई थप राहतका लागि प्रदेश सरकारलाई अनुुरोध गर्ने सहमति भएको छ । आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने र प्रदेश अस्पतालमा रहेको सिंहको शव पोष्टमार्टम गर्ने सहमति भएको हो । अधिकारीले सहमति अनुसार नै प्रक्रिया अघि बढाइने बताए । गत मंगलवार वीरेन्द्रनगरमा टिप्परले किच्दा सिंहको ज्यान गएको थियो । मृतक सिंह सवार भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ नम्बरको टिप्परले ठक्कर दिएको थियो ।

प्रकाशित मितिः   १७ माघ २०७६, शुक्रबार ०५:१०