दुई हजार छाउगोठ भत्काइयो

सुर्खेत : कर्णाली प्रदेशमा करिब दुई हजार वटा छाउगोठ भत्काइएको छ । जिल्ला प्रशासन कार्यालयहरूको नेतृत्वमा भएको छाउगोठ भत्काउने अभियान अन्तर्गत एक हजार नौ सय ८५ छाउगोठ भत्काइएको हो ।  महिनावारी र सुत्केरी भएको समयमा महिलाहरू घरभन्दा परको छाउगोठमा बस्दा बलात्कृत हुने, निस्सासिएर तथा सर्पले डसेर मृत्युु हुने लगायतका घटना हुन थालेपछि कर्णाली प्रदेशमा एक महिना अघि छाउगोठ भत्काउन सुरु गरिएको थियो । गृह मन्त्रालयको निर्देशनमा छाउगोठ भत्काइएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी सुर्खेतमा एक हजार ६ सय १७ छाउगोठ भत्काइएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाको पश्चिम भेकमा पर्ने तीन वटा स्थानीय तहमा छाउगोठ भत्काउन अभियान सुरु गरेको थियो । अभियान सुरु गरेको झण्डै एक महिनाको अवधिमा सुुर्खेतमा एक हजार ६ सय १७ छाउगोठ भत्काइएको हो । सहायक प्रमुुख जिल्ला अधिकारी कृृष्णबहादुर खड्काले प्रहरी प्रशासन र स्थानीय तहको अगुवाइमा छाउगोठ भत्काउने अभियानलाई निरन्तरता दिइएको जानकारी दिए । उनका अनुसार सुुर्खेतमा एक हजार आठ सय छाउगोठ रहेका छन् ।

बराहताल गाउँपालिका, चौकुुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाका विभिन्न गाउँमा छाउगोठ भत्काउने अभियानलाई निरन्तरता दिइएको सहायक प्रमुुख जिल्ला अधिकारी खड्काको भनाइ छ । उनले प्रहरी प्रशासन र स्थानीय तहको अगुवाइमा छाउगोठ भत्काउने काम जारी रहेको बताए । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी लोकनाथ तिम्सिनाले दैलेखमा दुईसय ५९, जाजरकोटमा १३, कालिकोटमा २० र सल्यानमा दुई वटा छाउगोठ भत्काइएको जानकारी दिए ।

अहिले गाउँमा छाउगोठ भत्काउन प्रहरी प्रशासन, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा र स्थानीयको सहभागिता रहेको छ । कर्णाली प्रदेशमा यो आर्थिक वर्षभित्र सबै छाउगोठ भत्काउने लक्ष्य लिइएको छ । प्रदेश सरकारले छाउगोठ भत्काउने अभियान र मर्यादित महिनावारी प्रवद्र्धनका लागि तीन वटै तहका सरकारले संयुुक्त रूपमा अभियान सुरु गर्ने जनाएको छ । यसका लागि राष्ट्रिय कार्ययोजना र कार्यविधि बनाएर लागु गरिने सामाजिक विकास मन्त्रालयका अधिकृत सुनिता केसीले जानकारी दिइन् । स्थानीय तहहरूले पनि छाउगोठ भत्काउनुका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जनाएका छन् । सुुर्खेतको पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाले मर्यादित र सुरक्षित महिनावारीका बारेमा जानकारी गराउने गरिएको बताए ।

महिनावारी (छुुई) भएको समेमा छाउगोठमा राख्नुुलाई कानुनले अपराध भनेको छ । मुलुकी (अपराध) संहिताको दफा एक सय ६८ को उपदफा ३ ले पनि महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेद्भाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख गरिएको छ । यसरी राख्ने व्यतिmलाई तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने उल्लेख गरिएको छ । तर महिलाहरू महिनावारी भएको समयमा छाउगोठमा बस्दा महिला र किशोरीमाथि विभिन्न हिंसामा भोग्न बाध्य छन् ।

प्रकाशित मितिः   १६ माघ २०७६, बिहीबार ०५:०६