निर्माण मजदुरहरू संगठित

सुर्खेत : सुर्खेतका निर्माण मजुदरहरू संगठित भएका छन् । निर्माण कार्यमा संलग्न भए पनि छरिएर रहेका मजुदरहरूलाई एक बनाई आफ्ना हकहित र अधिकारका लागि लड्न उनीहरूसंगठित भएका हुन् । सुर्खेत निर्माण मजदुर एकता केन्द्र नामक संस्था गठन गरी निर्माण मजदुरहरू एक भएका हुन् । मजदुरहरूको भेलाले प्रेमबहादुर सार्कीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति पनि गठन गरेको छ । समितिको उपाध्यक्षमा बलवीर सारु, सचिवमा गंगाराम सुनार, कोषाध्यक्षमा हिरासिंह ठाडामगर, सह–सचिवमा नारायण हमाल चयन भएका छन् ।

यस्तै सदस्यहरूमा भक्तबहादुर सुनार, वीरबहादुर नेपाली, गोविन्द्रप्रसाद ढकाल, लालबहादुर शाही, प्रेमबहादुर ठाडामगर, रत्नबहादुर शाही, यज्ञप्रसाद लामिछाने, दुर्ग अधिकारी, प्रेमबहादुर सार्की ‘ख’, हिक्मतकुमार विक, तुलसे कामी, रेशमबहादुर सिंजापति मगर, मोतीलाल सलामी, गर्वे बोगटी, दुर्गे कामी र भक्तबहादुर फ्यौलीमगर रहेका छन् । चार जना सदस्यलाई पछि मनोनित गर्ने अध्यक्ष प्रेमबहादुर सार्कीले जनाए । केन्द्रले छरिएर रहेका निर्माण मजदुरहरूलाई संगठित गरी उनीहरूको अधिकारका लागि आवाज उठाउने उनले बताए ।

प्रकाशित मितिः   ९ माघ २०७६, बिहीबार ०६:००