‘मानवअधिकारको रक्षामा एकजुट’

सुर्खेत : मानवअधिकारका रक्षाको लागि सबै एकजुट हुनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । बुधवार राष्ट्रिय मानवअधिकार आयोग र न्याय अधिकार संस्था नेपालको आयोजना तथा असल शासन क्लब जिल्ला समन्वय समितिको समन्वयमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी पवित्रा शाहीले मावनअधिकार रक्षाका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताइन् ।