विद्यालयदेखि नै राजनीतिमा

विमला केसी

विमला केसी कर्णाली प्रदेशको भूूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुन् । उनी वि.सं. २०३५ साल मंसिर २ गते बुुवा डम्मरसिं खत्री र आमा काली खत्रीको सन्तानका रूपमा रूकुुम पश्चिमको सानीभेरी गाउँपालिका–९ सिम्लीमा जन्मिएकी हुुन् ।

राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेकी केसीले वि.सं. २०४६ सालमा बहुुदल आइसकेपछि राजनीति सुरु गरिन् । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय भएर त्यसैमा निरन्तर लागिरहेकी उनी हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटीको सदस्य पनि हुन् ।

वि.सं. २०५१ सालमा केसीले तत्कालीन नेकपा माओवादी पार्टीको सदस्यता लिइन् । दश वर्षे सशस्त्र द्वन्द्वको समयमा भूूमिगत भइन् । वि.सं. २०६४ सालमा पहिलो संविधानसभा सदस्य बनेकी उनी तत्कालीन नेकपा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य समेत थिइन् । राजनीतिलाई नै जीवन बनाएकी मन्त्री केसीले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटिन्ः

रूकुुममा जन्मिएँ । बाल्यकाल त्यहीँ बित्यो । म ६ वर्षको हुुँदा बुुवाको निधन भयो । त्यसबेलामा एकल महिलालाई समाजमा बाँच्न त्यति सहज थिएन । मेरो आमाले धेरै दुःख र संघर्ष गर्नुभयो । उहाँको संघर्ष निकै कष्टपूर्ण थियो र प्रेरणादायी पनि छ । आमा मेहेनती हुुनुहुन्थ्यो । एक्लै भएर पनि घरको आर्थिक अवस्था सुधार गर्नु भएको थियो । बुवा हुुँदा हाम्रो दुई वटा पसल थियो । उहाँको निधन भएपछि पसल बेच्नुुपर्ने भयो । आमाले होटल चलाउनु भयो । आफूले निक्कै दुःख सहेर हामीलाई हुर्काउनुभयो । हामीलाई दुःख हुन दिनुुभएन ।

आफू नपढेको भए पनि हामीलाई पढाइमा जोड गर्नुभयो । समाजमा छोरीलाई पढाउनुुपर्छ भन्ने सोच खासै थिएन । तर बुवा–आमाले हामीलाई पढाउने भन्नुुहुन्थ्यो । अझ बुवाले बाहिर लिएर बोर्डिङ्गमा पढाउने हो भन्नुुहुन्थ्यो । त्यसैले बुवाको निधन भएपछि पनि आमाले हाम्रो पढाइलाई निरन्तरता दिनुुभयो । घरमा बुवा नभएकाले आमालाई काममा सघाउनु पथ्र्यो । विद्यालय नजिकै थियो । दिउँसो विद्यालय जान्थ्यौं । बिहान र साँझ घरको काम गर्नुपर्ने हुुन्थ्यो । राप्ती ज्ञानोद्वय माध्यमिक विद्यालयमा मैले औपचारिक शिक्षाको सुरुवात गरेको हुुँ । त्यही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेँ । पढाइलाई खासै समय दिन पाइदैन्थ्यो । अझ त्यसबेलामा बाटो खन्दा होस् वा अन्य सार्वजनिक काम गर्दा अनिवार्य श्रमदान गर्नुपथ्र्यो । हाम्रो घरबाट म नै जान्थें । काम सकेर पढ्थें । राती एक बजेसम्म सुत्न पाइदैन्थ्यो । बिहान छिट्टै उठ्नुुपर्ने हुुन्थ्यो । घरमा काम गर्ने मान्छे बोलाउन गाउँमा जानुुपर्ने । बिहानै आमाले बोलाउन पठाउनुहुन्थ्यो । निन्द्रा नपुगेको हुुँदा बाटोमा झुल्दै गएको सम्झना अहिले पनि आउँछ । एक पटक गोठमा गाईवस्तुलाई घाँस हाल्न जान्छु भनेर निस्किएँ । विद्यालयमा गएर सुतेछुु । आमा खोज्दै जानुु भएछ । बेन्चमै सुतेको अवस्थामा भेटाएर पिट्नुुभयो ।

म सानैदेखि अरुका लागि सहयोगी बन्नुुपर्छ भन्ने सोच्थें । कक्षा ६ मा पढ्दा शिक्षकले तिमी भविष्यमा पढेर के बन्छौं भनेर सोध्दा मैले आफूले जानेको कुरा अरुलाई सिकाउँछु भन्ने गर्थें । जागिर खान्छुु भन्ने दिमागमै थिएन । अरुको दया मान्ने, अरुको समस्या बुझन्े गर्थें  । अलि विद्रोही स्वभावको थिएँ । कहिलेकाहीँ आमाले हामी भाइबहिनीलाई दुध दिँदा भाइलाई बढी भयो भने झगडा गरिहाल्थें, मलाई भाइको भन्दा किन कम दिनुुभयो भनेर । अहिले पनि आमाले यो कुरा भनिरहनुुहुन्छ । समाजमा विपन्न, दलित समुदायलाई कहिले पनि खान पुग्दैन्थ्यो । अरुको काम गरेर साँझ घर जाँदा आमाले पिठो दिएर पठाउँदा मलाई नमिठो लाग्थ्यो । यति पिठोले पुग्दैन होला भन्ने लाग्थ्यो । आमाले थाहा नपाउने गरी थप चोरेर दिन्थें । विपन्न, दलित समुुदायले खाना नपाउने अवस्थाले मलाई चिन्तित तुल्याउँथ्यो । श्रीमान्ले श्रीमतीलाई पिटेको देख्दा नरमाइलो लाग्थ्यो । यही विभेद् र अन्यायले मलाई राजनीतितर्फ चासो बढायो । म कसरी सबैलाई खान पुग्छ, एक अर्कोलाई यसरी हेप्ने प्रवृत्तिको कहिले अन्त्य हुुन्छ होला ? भनेर सोच्ने गर्थें ।

२०४६ सालमा बहुदल आउने बेलामा नेताहरूले अब यी सबै कुराको अन्त्य हुन्छ, बहुदल आउन लागेको छ भनेको भन्दा धेरै खुशी लागेको थियो । बहुदल आएपछि विद्यार्थी नेताहरू आएर संगठनमा लाग्नुपर्छ, अब यी सबै कुराबाट मुक्ति पाइन्छ भन्थे । यी सबै कुराहरूले म पनि आकर्षित भएँ । संगठनको सदस्यता पाउँदा धेरै खुशी थिएँ । त्यतिको खुशी सायद अहिलेसम्म मिलेको छैन । त्यतिबेलाको अनेरास्ववियू छैठौंको सदस्यता पाउँदा अब साँच्चिकै परिवर्तन हुन्छ भन्ने लागेको थियो । विद्यार्थी संगठनको सदस्यता पाएको दिन घाँस काट्न जाँदा होस् या गोठालो जाँदा अब सबै समाधान हुन्छ भनेर सोच्ने गर्थें । पछि विद्यार्थीको इकाई समिति अध्यक्ष, महिला संगठनको अध्यक्ष, कलाकार समूहको अध्यक्ष हुँदै वाईसीएलको सदस्य भएर काम गरें । २०५१ सालमा तत्कालीन माओवादी पार्टीको सदस्यता प्राप्त गरें । युद्धकालमा भूमिगत हुँदा पनि पार्टीमा सक्रिय भएँ ।

विद्यार्थी संगठनमा हुुँदा सभा÷सम्मेलनमा धेरै जान्थें । बाजेले भने राम्रो मान्नुहुँदैनथ्यो । एक पटक सम्मेलनमा गएपछि ५÷६ दिनसम्म बाजेको नजिक पर्दैनथेँ । भेट्यो कि पिटिहाल्नुहुन्थ्यो । आमालाई छोरीहरू बिगारिस भनेर गाली गर्नुहुन्थ्यो । म विद्यार्थीको इकाई कमिटीको अध्यक्ष, सांस्कृतिक समूहको अध्यक्ष र महिला संगठनको पनि अध्यक्ष थिएँ । १३ वर्षको उमेरमा महिला संगठनको सदस्यता प्राप्त गरेको थिएँ । एक पटक बाख्रा चराउन गएको बेलामा साथीलाई बाख्रा हेर्न पठाएर बैठक सञ्चालन गर्न गएँ । त्यसबेलामा बाख्रालाई बाघले खाइदिएछ । अरु बाख्रा घर पुगेछन् । मलाई घरमा खोज्न थाल्नुु भएछ । अब पिटाई खाइन्छ भनेर झ्यालबाट घरभित्र गएँ । आमालाई देख्न बित्तिकै रोएँ । आमाले गाली गर्नुको सट्टा आडभरोशा दिनुुभयो । बरु बाजेको रिस नमर्ने बेलासम्म नदेखिन भन्नुुभयो । चार दिनसम्म कोठाभित्रै लुकेर बसें । आमाले कोठामा नै खाना लगिदिनुहुन्थ्यो ।

११ वर्षको उमेरमै विद्यार्थी राजनीतिमा सक्रिय भएर लाग्ने अवसर पाएँ । समाजमा दलित, विपन्न परिवार र महिलालाई गर्ने विभेद देखेर राजनीतिमा लाग्न प्रेरित भएको हुँ । खेलेर रमाउने फुर्सद खासै भएन । सांस्कृतिक कार्यक्रम गर्दा रमाइलो हुन्थ्यो । मलाई बाल्यकालमा विशेष गरेर कथा र कविता लेख्न मन पथ्र्यो । गीत पनि लेख्ने गर्थें । प्रतियोगितामा सहभागी हुुन्थें । बद्मासी भने खासै गरिनँ । कहिलेकाहीँ घरको खानेकुरा चोरेर खान्थेँ । दही र दुधको तर चोरेर खान्थें । आमाले कसले खायो भन्दा भाइले खायो भनेर उसलाई दोष लगाउँथे । म सानोमा खाना धेरै मन पराउने । दिनमा आठ÷नौं पटक पनि खान्थें । पढाइमा मध्यम नै थिएँ । समय दिन पाइदैन्थ्यो । जति पढ्यो स्कुुलमा पढ्ने हो ।

मैले १६ वर्षको उमेरमै पार्टीको सदस्यता प्राप्त गर्न सफल भएँ । जनयुद्धको तयारी गर्दा म सुरक्षा दलको सदस्य थिएँ । त्यसबेलामा आमाले साथ दिनुभयो । एउटा खुकुरी, लठ्ठी लिएर गएँ । आमाले मलाई कतिसम्म साथ दिनुुभयो भने उहाँले मलाई एक्लै पठाउन सक्नुु भएन । आधा बाटोसम्म आमा पु¥याउन जानुुभयो । अब के हुने हो मर्ने हो कि बाँच्ने हो केही ठेगान थिएन । आमा पनि धेरै रुनुुभयो । सानै छोरीलाई बिदाई गर्दा आमाको मन पनि थामिएन । आमा–छोरी छुट्टिदा धेरै रोएका थियौं । युद्धकालमा भूमिगत भएँ । पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्ने अवसर मिल्यो । बाल्यकालमा गरेका संघर्ष र आमाको साथले आज म यो स्थानमा आइपुुगेको छु ।

प्रकाशित मितिः   ६ माघ २०७६, सोमबार १०:२६