मगर उद्योग तथा व्यापार संघ गठन

सुर्खेत : सुर्खेतमा मगर उद्योग तथा व्यापार संघ गठन गरिएको छ । आइतवार ११ सदस्यीय जिल्लास्तरीय संघ गठन गरिएको हो । मगर उद्योगी, व्यापारीहरूलाई परेको आर्थिक, व्यापारिक समस्या समाधानको लागि संघको गठन गरिएको नेपाल मगर संघ जिल्ला समन्वय समिति सुर्खेतका संयोजक दिपबहादुर रानाले जानकारी दिए । उनका अनुसार संघको अध्यक्षमा प्रेमबहादुर श्रीसमगर, उपाध्यक्षमा कपिलकुमार रानामगर, सचिवमा भुपेन्द्र थापामगर, सहसचिवमा धनबहादुर घर्तीमगर रहेका छन् । त्यस्तै कोषाध्यक्षमा गिता सिजापतिमगर, सदस्यहरूमा तिलबहादुर छन्तेलमगर, शेरबहादुर सिजापतिमगर, रतनबहादुर हिस्कीमगर, मनोज बुढामगर, भुपेन्द्र दर्लामीमगर र सुनिलमगर रहेका छन् ।

प्रकाशित मितिः   ६ माघ २०७६, सोमबार १०:०५