सहकारी शिक्षा शिविर

सुर्खेत : शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर–११ सुर्खेतले सहकारी शिक्षा शिविर सम्पन्न गरेको छ । संस्थाको वार्षिक कार्ययोजना अन्तर्गत शनिवार शिव माध्यमिक विद्यालय धुलियाविटमा एक दिने शिविर गरिएको हो ।

शिविरमा सहकारीका मूल्य, मान्यता, सिद्धान्त, संस्थाको गतिविधि, वार्षिक कार्ययोजना लगायतका विषयमा सहभागीहरूलाई जानकारी दिइएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष उत्तमप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।