फुटसल प्रतियोगिता सुरु

सुर्खेत : सुर्खेत जिल्लास्तरीय फुटसल प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ । नौलापुर युवा क्लव वीरेन्द्रनगर– ८ सुर्खेतले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष सुदिप थापाले जानकारी दिएका छन् । उनका अनुसार मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत, मोडेल कलेज, परोपकार पुनस्र्थापना केन्द्र, नौलापुर युवा क्लब, एमएनएसको दुई वटा टिम, बीएनपी र फेन्सी पसलहरूको गरेर आठ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १० हजार, एउटा खसी र प्रमाण–पत्र पुरस्कार दिइने छ । दोस्रो हुने टिमलाई १५ हजार, प्रमाण–पत्र प्रदान गरिने आयोजक टिमले जनाएको छ । शुक्रवारदेखि सञ्चालन भएको प्रतियोगिता माघ ५ गतेसम्म सञ्चालन हुनेछ । फुटसल प्रतियोगिताको औपचारिक रूपमा उद्घाटन कर्णाली प्रदेशसभा सदस्य सुशील थापाले गरेका थिए ।