शिक्षक कहाँ ? विद्यार्थीको घर–घरमा


सुर्खेत : वीरेन्द्रनगर–११ धुलियाविटमा रहेको शिव माध्यमिक विद्यालयले शैक्षिक गुुणस्तर वृद्धि गर्न ‘शिक्षक कहाँ ? विद्यार्थीको घर–घरमा’ अभियान सुरु गरेको छ । अभियान अन्तर्गत शिक्षकहरू विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरूको घर–घरमा पुग्न थालेका छन् । विद्यार्थीहरूको प्रगति विवरणसहितको फाइल बोकेर शिक्षकहरू अभिभावकलाई भेट्न जाने गरेका हुन् । उनीहरूले अभिभावकलाई विद्यार्थीको अनुुशासन, विद्यालयमा नियमित आएको वा नआएको बारेमा जानकारी र पढाइको प्रगतिको विवरण बुुझाउने गरेका छन् । विद्यालयका प्रधानाध्यापक पूूर्णप्रसाद पौडेलले विद्यालयको शैक्षिक गुुणस्तर वृद्धिमा सहयोग पुुगोस् भन्ने उद्देश्यले अभिभावकलाई भेट गर्न घर–घरमा जान थालिएको बताए ।

विद्यालयमा करिब सात सय विद्यार्थी अध्ययनरत छन् । सबै विद्यार्थीको घर–घरमा पुुग्ने लक्ष्य विद्यालयले लिएको छ । अहिले सुुरुवाती चरणमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको घरमा जान थालिएको प्रधानाध्यापक पौडेलले जानकारी दिए । उनले भने, ‘कक्षा १० मा ५४ जना विद्यार्थी अध्ययनरत छन् । अहिलेसम्म ४३ जना विद्यार्थीहरूको घरमा पुुग्यौं । सबै विद्यार्थीको अभिभावकलाई भेट्न हामी जान्छौं ।’ शिक्षकहरूले विद्यार्थीको हाजिरी रजिष्ट्रर, पढाइको प्रगति विवरणको बारेमा अभिभावकलाई जानकारी गराउने र विद्यालयमा शैक्षिक गतिविधिलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर छलफल गर्ने गरिएको उनले जनाए ।

आफ्ना छोरा–छोरीको पढाइबारे बुझ्न अभिभावकहरू विद्यालय आउनु पर्ने भए पनि नआउने गरेकाले शिक्षकहरू नै विद्यार्थीको घर जान थालेका हुन् । पटक–पटक पत्राचार गर्दा पनि अभिभावकहरू विद्यालय नआउने, छोराछोरीको पढाइको बारेमा बुुझ्न कम मात्रामा आउने गरेपछि विद्यालयले यस्तो उपाय अपनाएको हो । अभिभावकहरूले आफ्ना छोराछोरीको पढाइको बारेमा बुुझ्ने र विद्यालयले गरेको गतिविधिका बारेमा जानकारी पाउनुुका साथै आगामी दिनहरूमा अभिभावक विद्यालयमा आउन प्रोत्साहन हुुने विद्यालयले अपेक्षा गरेको छ । शिक्षकहरूले विद्यालय समय बाहेक बिहान, साँझ र बिदाको समयमा विद्यार्थीहरूको घर–घरमा जाने गरेका छन् । अभिभावकहरूले पनि यो अभियानलाई सकारात्मक रूपमा लिएका छन् । वीरेन्द्रनगर–१३ का पुुनम थापाले शिक्षकहरूको यो अभियानप्रति खुुशी व्यक्त गरे । उनले भने, ‘शिक्षकहरू घरमै आएर हाम्रो अवस्थाको बारेमा बुुझ्दा र
छोरा–छोरीको बारेमा जानकारी दिँदा खुुशी लाग्यो ।’