बहुउद्देश्यीय सहकारीबीच एकीकरण
सुर्खेत : सुर्खेतका दुई वटा बहुउद्देश्यीय सहकारी संस्था एकीकरण भएका छन् । वीरेन्द्रनगरमा रहेको साविकको जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र हातेमालो महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच एकीकरण भएको हो । अब एकीकृत संस्थाको नाम हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्था हुनेछ ।
शनिवार वीरेन्द्रनगरमा सम्पन्न विशेष साधारणबाट पूर्णप्रसाद पौड्यालको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन समेत चयन गरिएको छ । सञ्चालक समितिको उपाध्यक्षमा सावित्री पौडेल (सुवेदी), सचिवमा नवराज खड्का, कोषाध्यक्षमा चन्द्राकुमारी भट्टराई, सह–सचिवमा रमाकुमारी कँडेल (भण्डारी) तथा सदस्यहरूमा मानकुमारी गौतम, धनाकुमारी जिसी, घनश्याम कँडेल, माधवप्रसाद ढकाल, चौहानसिं राना र मनोहरलाल आचार्य चयन भएका हुन् ।
त्यस्तै सहकारीको लेखा सुपरीवेक्षण समितिको संयोजकमा खगेन्द्रप्रसाद सापकोटा तथा सदस्यहरूमा उमा आचार्य र शारदा ढकाललाई चयन गरिएको छ । साथै साधारणसभाले उद्देश्य र प्रकृति मिल्ने अन्य सहकारीहरूलाई पनि आफूसँग एकीकरण गर्नका लागि आह्वान समेत गरेको छ । विशेष साधारणसभामा बोल्दै समाज जागरण केन्द्र (स्याक) नेपालकी अध्यक्ष मीना तिवारी (शर्मा) ले स्याकको सहजीकरणमा सञ्चालन भएका सहकारीहरू एकीकृत भएकोमा खुशी व्यक्त गरिन् । वीरेन्द्रनगर नगरपालिका–१२ नम्वर वडाका अध्यक्ष लोकप्रसाद चालिसेले एउटा व्यक्ति एउटाभन्दा बढी समान प्रकृतिका सहकारीमा संलग्न हुन नपाउने र सहकारी एकीकरण गर्ने नेपाल सरकारको नीतिअनुसार काम हुनु सह्रानीय रहेको बताएका थिए ।
साधारणसभामा साविकका दुवै सञ्चालक समितिको तर्फबाट पूर्णप्रसाद पौड्यालले पुस १५ गतेसम्मको प्रगति प्रतिवेदन र चन्द्राकुमारी भट्टराईले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीमार्फत हाल जागरण एफ.एम. ९०.८ मेगाहर्ज, बचत तथा ऋण कार्यक्रम र हातेमालो जागरण सञ्चार केन्द्र सञ्चालनमा छन् । समान उद्देश्यका सहकारी एकीकरण गर्ने नेपाल सरकारको नीतिअनुसार सहकारी एकीकरण गरिएको हो ।
बन्धुविकासको बचत चार करोड
बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाले १३औं वार्षिक साधारणसभा सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न गरेको छ । संस्थाले आर्थिक वर्ष २०७५÷०७६ को शेयर पूँजी वृद्धि गरी सात करोड ९३ लाख नौ सय पु¥याएको छ । संस्थाका कोषाध्यक्ष ललिता आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको जगेडा कोष एक लाख १५ हजारबाट बढाएर चार लाख ४६ हजार पु¥याएको जानकारी दिए । संस्थाले तीन करोड ४६ लाख बचतबाट बढाएर गत आर्थिक वर्षमा चार करोड १७ लाख बचत गर्न सफल भएको छ । अहिले आफ्ना सदस्यहरूको मागलाई मध्यनजर गर्दै विभिन्न शीर्षकका ऋणमा सहुलियत दिएको संस्थाका उपाध्यक्ष रेशम शाहीले जानकारी दिए । उनले आगामी दिनमा परम्परागत कृषि प्रणालीबाट बजारमुखी कृषि प्रणालीमा रूपान्तरण गरी उत्पादनमुखी कार्यमा जोड दिने बताए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले कतिपय सहकारी संस्थाहरू आफुखुशी सञ्चालन भएको भन्दै अब सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुसार अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।
ओयसिसमा भण्डारी
ओयसिस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा भद्र भण्डारी चयन भएका छन् । शनिवार वीरेन्द्रनगरमा सम्पन्न १२औं वार्षिक साधारणसभाले भण्डारीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रामकुमारी थापा, सचिवमा श्यामकुमार थापा, कोषाध्यक्षमा कटक थापा, सदस्यमा विनुसि भास्कर, मनिषा कौशल, अशोक केसी चयन भएका छन् । यस्तै कपिलमणि सुवेदीको संयोजकत्वमा रमा भण्डारी र सूर्यबहादुर खड्का सदस्य रहेको लेखा समिति चयन गरिएको छ ।
सभामा संस्थाका कोषाध्यक्ष कटकबहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै १२ करोड ३० लाख ८१ हजार बराबरको आय–व्यय सार्वजनिक गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले सहकारीबाट आम नागरिकले आर्थिक लाभ लिएको बताए । जिल्ला बचत तथा ऋण सहकारी संघ सुर्खेतका अध्यक्ष पदम दाहालले सहकारी समृद्धिको मेरुदण्ड भएकाले सम्पूर्ण सहकारीमा आवद्ध व्यक्तिहरूलाई सहकारीका माध्ययमबाट सामूहिक आर्थिक विकासमा जोड दिने बताए ।
जीवनज्योतिको साधारणसभा
जीवनज्योति बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर–१० सुर्खेतको बाह्रौं चुनावी साधारणसभा सम्पन्न गरेको छ । संस्थाले संस्थागत विकासका लागि आय–आर्जन परियोजना सञ्चालन गर्ने र कमजोर आर्थिक अवस्था भएकाहरूको आर्थिक सुधारका क्षेत्रमा काम गर्दै आएको जनाएको छ । संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा दश करोड ५५ लाख कारोबार गरेकोमा २०७६÷७७ मा ११ करोड ६९ लाख रकम पु¥याउने लक्ष्य राखेको छ । संस्थाका कोषाध्यक्ष दोणजङ्ग बुढाले संस्थाको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्षमा २१ लाख ७१ हजार बराबरको नाफा गरेको बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत बिसीले सहकारीको माध्यबाट आय–आर्जन वृद्धि हुँदै गएको भन्दै संस्थाबाट लिएको रकम सही ठाउँमा लगानी गर्न आग्रह गरे । उनले सहकारीहरू नाफामुखीमात्र भएर नहुने भन्दै व्यवसायीमुखी बन्न समेत सुझाव दिए । यसैबीच संस्थाले श्यामबहादुर वलीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सीताकुमारी वली, सचिवमा चेतनकुमार कँडेल र कोषाध्यक्षमा डिलबहादुर बिसी चयन भएका छन् ।
यस्तै सदस्यमा पद्मा बिसी, शंकर भण्डारी, अनिता बिसी, भक्त बिसी, दुर्गाप्रसाद जैसी रहेका छन् । लेखा समितिको संयोजकमा निलकण्ठ पौड्याल चयन भएका छन् भने सदस्यमा श्याम बिसी र बालकुमारी बिसीलाई चयन गरिएको संस्थाका प्रबन्धक विष्णुप्रसाद बाँस्कोटाले जानकारी दिए ।
आदर्श ग्रामीणको शेयर पूँजीमा वृद्धि
आदर्श ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले सातौं वार्षिक साधारणसभा सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न गरेको छ । संस्थाले आर्थिक वर्ष २०७५÷०७६ को शेयर पू“जी वृद्धि गरी ५४ लाख ४४ हजार ६ सय भएको जनाएको छ । संस्थाका कोषाध्यक्ष मानकुमारी गुरुङ्गले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको जगेडा कोष एक लाख ९८ हजार आठसयबाट बढाएर दुईलाख ८० हजार चार सय ७३ पु¥याएको बताइन् । उनले संस्थाले १७ लाख ५४ हजारबाट बचत बढाएर गत आर्थिक वर्षमा १९ लाख १७ हजार बचत गर्न सफल भएको जानकारी दिइन् ।
संस्थाले अहिले आफ्ना सदस्यहरूको मागलाई मध्यनजर गर्दै विभिन्न शीर्षकमा ऋणमा सहुलित दिइएको संस्थाका अध्यक्ष राजेन्द्र बुढाले जानकारी दिए । संस्थाको शेयर सदस्य वृद्धि गरी चालु आर्थिक वर्षमा दुईहजार जना पु¥याइने समेत बताए । अध्यक्ष बुढाले आगामी दिनमा परम्परागत कृषि प्रणालीबाट बजारमुखी कृषि प्रणालीमा रूपान्तरण गरी उत्पादनमुखी कार्यमा जोड दिने बताए ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका उप–सभामुख पुष्पा घर्ती विष्टले सहकारी मूल्य, मान्यता र सिद्धान्तअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिइन् । उनले सहकारीलाई उत्पादनका क्षेत्रमा आवद्ध गरेर शेयर सदस्यहरूलाई रोजगारी प्रदान गर्न समेत आग्रह गरिन् ।
प्रकाशित मितिः २७ पुष २०७६, आईतवार ०८:११
साझा बिसौनी ।