कर्णाली दोस्रो खेलमा पनि पराजित

काठमाडौं : मनमोहन मेमोरियल (एमएम) कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश लगातार दोस्रो खेलमा पनि पराजित भएको छ । बिहीवार भएको खेलमा कर्णाली प्रदेशलाई प्रदेश नं. २ ले ८ विकेटले हराएको हो । कर्णालीले दिएको एक सय ३० रनको लक्ष्य प्रदेश–२ ले २२ ओभर ५ बलमा मात्र दुई विकेट गुमाएर पुरा ग¥यो । प्रदेश २ को जीतमा हसिम अन्सारीले अविजित रहँदै ८० रनको अर्धशतकीय इनिङ्स खेले । सुरज पटेल ३३ रनमा अविजित रहे । कर्णालीका दिनेश अधिकारी र अनुज चुनाराले १÷१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ३१ ओभर ५ बलमा अलआउट हुँदै एक सय २९ रन बनाएको थियो । कर्णालीको लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ४६ रन बनाए । यस्तै दिवन पुनले २३, प्रकाश जैसीले १५ तथा विपिन रावलले १० रन बनाए । प्रदेश–२ का महबुब आलमले ३ विकेट लिए । यस्तै हरि शंकर शाह र आदील अन्सारीले २÷२ विकेट लिए । लगातार दुई खेलमा हार व्यहोरेको कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा कर्णाली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । पुलिससँग पनि कर्णालीले निकै कमजोर प्रदर्शन गरेको थियो ।

प्रकाशित मितिः   २५ पुष २०७६, शुक्रबार ०८:४४