हिंसा निगरानी समूह गठन

सुर्खेत : सुर्खेतमा हिंसा निगरानी समूह गठन गरिएको छ । जिल्लास्थित राजनीतिक दल, नागरिक संघ–संस्था, अधिकारकर्मीलगायतको प्रतिनिधित्व हुनेगरी समूह गठन गरिएको हो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले सोमवार वीरेन्द्रनगरमा आयोजना गरेको एक कार्यक्रममा अधिवक्ता गीता कोइरालाको संयोजकत्वमा २५ सदस्यीय समूह गठन गरिएको हो । समूहको सचिवालय सदस्यमा शान्ता कँडेल, खगीसरा वली, सविना बानु, अञ्जली बिसी, चमेली जिसी, टेकेन्द्र सुनार, विष्णु शर्मा, रमा केसी, राजेन्द्र शर्मा र शेरबहादुर थापा रहेका छन् । समूहका अन्य सदस्यहरूमा कार्यक्रममा सहभागी नागरिक संघ–संस्थाका प्रतिनिधिहरू रहेका छन् ।

यस्तै समूहको सल्लाहकार समितिमा टिकाराम शर्मा, अनन्त पौडेल, पीताम्बर ढकाल, घनश्याम केसी र पूर्णप्रसाद पौडेल रहेका छन् । गठित समूहले वीरेन्द्रनगरमा हुने सबैखाले हिंसा घटनाका पीडितहरूलाई न्यायको पहुँचसम्म पु¥याउन सहजीकरण गर्नेछ ।

प्रकाशित मितिः   २२ पुष २०७६, मंगलवार १०:०१