स्थापना दिवसमा विविध कार्यक्रम

सुर्खेत : जनहितकारी बचत तथा ऋण सहकारी संस्थाले एक सातासम्म विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाएको छ । आफ्नो २१औं स्थापना दिवसका अवसरमा घरदैलोदेखि स्वास्थ्य जाँच शिविरलगायतका विभिन्न कार्यक्रम गरिएको हो । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन पुस ७ गते सदस्य वृद्धिका लागि घरदैलो अभियान गरिएको थियो । वीरेन्द्रनगरको वडा नं. ७ मा घरदैलो सञ्चालन गरेर उक्त वडाका तीन सय २० जनालाई शेयर सदस्यता प्रदान गरिएको थियो । त्यसैगरी पुस ८ गते संस्थाको प्राङ्गणमा निःशुल्क मधुमेह तथा रक्तचाप जाँच शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा दुई सय ८० जनाले स्वास्थ्य परीक्षण गरेको संस्थाका कार्यवाहक प्रबन्धक हिमलाल गौतमले जानकारी दिए । उनका अनुसार यसबाहेक कर्णाली प्रदेश अस्पताललाई सामग्री हस्तान्तरण, सरसफाइ कार्यक्रम, हाजिरीजवाफ प्रतियोगिता लगायतका विभिन्न कार्यक्रमहरू गरी शुक्रवार दिवस समापन गरिएको छ । समापन कार्यक्रम प्रबन्धक गौतमको अध्यक्षता तथा निवर्तमान अध्यक्ष हरिहरनाथ योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   १९ पुष २०७६, शनिबार ०८:४९