पाँच जनालाई पारिवारिक पुनर्मिलन

सुर्खेत : मानवसेवा आश्रम कर्णाली प्रदेशले आश्रममा बस्दै आएका पाँच जनालाई पारिवारिक पुनर्मिलन गराएको छ । वीरेन्द्रनगरका ४ जना र जाजरकोटका १ जनालाई सोमवार परिवार तथा जनप्रतिनिधिको रोहवरमा पुनर्मिलन गराइएको हो ।

वीरेन्द्रनगर–५ का भिम क्षेत्री, शुक्रराज लिम्बु र गंगाराम नेपालीलाई वडा अध्यक्ष राजबहादुर गुरुङ्गको रोहवरमा पुनर्मिलन गराइएको मानवसेवा आश्रमकी कर्णाली प्रदेश संयोजक सिर्जना वलीले जानकारी दिइन् । उनका अनुसार वीरेन्द्रनगर–१४ का दलबहादुर ढुङ्गानालाई समेत वडा अध्यक्ष टोपबहादुर दर्लामीको रोहवरमा पुनर्मिलन गराइएको हो । त्यस्तै जाजरकोटको भेरी नगरपालिकाकी एक जना बालिकालाई समेत उनको परिवारको जिम्मा लगाइएको उनले बताइन् । परिवार हुनेहरूलाई भने पुनर्मिलन समेत आश्रमले गर्ने गरेको उनले बताइन् ।

प्रकाशित मितिः   १५ पुष २०७६, मंगलवार ०७:५८