सिद्धार्थ सञ्चारको साधारणसभा

सुर्खेत : सिद्धार्थ सञ्चार सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिपबहादुर रानाको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक हरिहरनाथ योगीको प्रमुख आतिथ्यतामा शनिवार वीरेन्द्रनगरमा सभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि योथीले कर्णाली प्रदेशमा फरक प्रकृतिको एक मात्र सहकारी सिदार्थ सञ्चार सहकारी संस्था रहेकोले यसलाई अझै प्रर्वद्धन गर्नुपर्ने बताए । संस्थाका अध्यक्ष दिपबहादुर रानाले सहकारीले आर्थिक कारोबारभन्दा पनि शेयर सदस्यहरूको हितमा काम गरेको बताए ।

प्रकाशित मितिः   १३ पुष २०७६, आईतवार १०:४२