प्रदेश परिषद् आजदेखि
सुर्खेत : कर्णाली प्रदेश समन्वय परिषद्को दोस्रो बैठक आज (बिहीवार) देखि सुरु हुँदैछ । बैठकमा विशेषगरी चारवटा विषयमा समूहगत छलफल हुने कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।
उनका अनुसार बैठकमा प्रदेश तथा स्थानीय तहले गर्ने कार्यका सम्बन्धमा नीतिगत छलफल, योजना व्यवस्थापनमा रणनैतिक साझेदारी, साझा अधिकार क्षेत्रको प्रयोग र प्राकृतिक स्रोत साधन, उपयोग र बाँडफाँडको विषयमा छलफल हुने छन् । बैठकको पूर्ण तयारी भएको र योजना आयोगका केन्द्रीय उपाध्यक्ष तथा सदस्यहरूको समेत उपस्थिति रहने उनले जानकारी दिइन् । बैठक दुईदिनसम्म चल्नेछ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत रहेकी केसीका अनुसार बैठकमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रतिनिधि र कर्मचारीहरूमा प्रशासकीय अधिकृतहरूको सहभागिता रहने छ ।
प्रकाशित मितिः १० पुष २०७६, बिहीबार ०८:३९
साझा बिसौनी ।