आज खण्डग्रास सूर्यग्रहण लाग्दै

काठमाडौं : आज (बिहीवार) खण्डग्रास सूर्यग्रहण लाग्दैछ । बिहान ८ बजेर ४३ मिनेटदेखि सुरू हुने ग्रहण झण्डै तीन घण्टा लाग्ने विज्ञान संग्रहालय विकास बोर्डका कार्यकारी निर्देशक सनतकुमार शर्माले जानकारी दिए ।

शर्माका अनुसार टेलिस्कोपमा फिल्टर राखेर ग्रहण लागेको देख्न सकिन्छ । हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङको धातु लेपन भएको चस्माबाट मात्र यसको अवलोकन गर्न सकिन्छ । यद्यपि टेलिस्कोप, दुर्विन, चस्मा, नाङ्गो आखाँबाट हेरे हानिकारक हुने समेत जनाइएको छ । एक्सरे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिविम्बलाई अवलोकन गर्नु नहुने शर्मा बताउँछन् । यो ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रिकालगायत स्थानबाट देखिनेछ ।

प्रकाशित मितिः   १० पुष २०७६, बिहीबार ०८:३४