नेवाः मिसा दबूमा श्रेष्ठ

सुर्खेत : नेवाः मिसा दबू सुर्खेतको अध्यक्षमा उर्मिला श्रेष्ठ चयन भएकी छिन् । सोमवार वीरेन्द्रनगरमा भएको जिल्लास्तरीय नेवाः महिला भेलाले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रूक्मणी श्रेष्ठ, सचिवमा कृतिशाक्य गुभाजु, कोषाध्यक्षमा सिया कार्की र सह–सचिवमा कमला श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यहरूमा लक्ष्मी मानन्धर, कृष्ण श्रेष्ठ, विद्या श्रेष्ठ, सीता श्रेष्ठ, गीता श्रेष्ठ, चन्द्रा श्रेष्ठ, सुमित्रा तुलाधर रहेका छन् । तिला श्रेष्ठको अध्यक्षता तथा नेवाः मिसा दबूका केन्द्रीय अध्यक्ष रस्मिता प्रजापतिको प्रमुख आतिथ्यतामा भएको भेलामा केन्द्रीय कोषाध्यक्ष अर्चना तण्डुकार, सल्लाहकार ध्रुवकुमार श्रेष्ठ, जीवनकुमार शाक्य लगायतको सहभागिता रहेको थियो ।