जनप्रियको साधारणसभा

सुर्खेत  : जनप्रिय बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर–३ सुर्खेतको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षता तथा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद थानीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो । साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि थानीले बहुउद्देश्यीय सहकारी संस्थाहरूको विकास जरुरी भएको बताए । उनले जिल्ला बहुउद्देश्यीय सहकारी संस्थासँग सहकार्य गरेर अगाडि जान जनप्रिय बहुउद्देश्यीय सहकारी संस्थालाई आग्रह गरे ।

संस्थाले साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता, ऋणी र ज्येष्ठ सदस्यलाई सम्मान समेत गरेको संस्थाका प्रबन्धक डुगेन्द्रबहादुर शाहीले जानकारी दिए । उत्कृष्ट बचतकर्तामा कामना केसी वाग्ले, असल ऋणी विमलाकुमारी थापा र ज्येष्ठ शेयर सदस्य विष्णा थापा मगरलाई सम्मान गरेको उनले जानकारी दिए । साथै संस्थाले एक वर्षमा तीन करोड २० लाख २२ हजार रूपैयाँ बराबरको कारोबार गरेको समेत शाहीले जानकारी दिए ।

प्रकाशित मितिः   ६ पुष २०७६, आईतवार १०:१८