आश्रमलाई व्यवसायीहरुको सहयोग

सुर्खेत : सुर्खेतका फेन्सी तथा रेडिमेट कपडा व्यवसायीहरूले मानव सेवा आश्रम सुर्खेतमा आश्रितहरूका लागि कपडा सहयोग गरेका छन् । फेन्सी तथा रेडिमेट वस्तुगत समिति सुर्खेतले यहाँका व्यवसायीहरूबाट न्यानो कपडा संकलन गरेर आश्रमलाई हस्तान्तरण गरेको हो । हरेक मानवले समस्यामा परेका अरु मानवहरूलाई सहयोग र सेवा गर्नुपर्ने सोचका साथ आफूहरूले व्यवसायीहरूबाट न्यानो कपडा संकलन गरेर आश्रममा रहेकाहरूलाई वितरण गरेको समितिका अध्यक्ष खड्कप्रसाद ढकालले बताए । उनले व्यवसायीहरूले व्यवसाय सँगसँगै सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ढकालका अनुसार जुत्ता, ट्राउजर, ट्रयाकसुट, गलबन्दी, बालबालिकाका लागि कपडा लगायतका सामग्री गरेर करिब साढे तीन लाख रूपैयाँ बराबरको सहयोग गरिएको छ । वीरेन्द्रनगरमा रहेको आश्रममा घरबारविहिन, सडकपेटीलाई आश्रय बनाएर बसेका र अभिभावविहिन बालबालिका लगायतलाई आश्रय दिइएको छ । विभिन्न व्यक्ति र संस्थाहरूको सहयोगमा आश्रम सञ्चालित छ ।

प्रकाशित मितिः   ५ पुष २०७६, शनिबार ०९:५५