महाधिवेशनको तयारी पूरा

सुर्खेत : होटल व्यवसायी महासंघको तेस्रो महाधिवेशन तयारी पूरा भएको छ । महाधिवेशन पुस ४ र ५ गते सुर्खेतको वीरेन्द्रनगरमा हुँदैछ । बुधवार महासंघले पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी दिएको हो । महाधिवेशनमा देशभरका करिब एक हजार पाँच सय होटल व्यवसायी प्रतिनिधि सहभागी हुने होटल व्यवसायी महासंघका अध्यक्ष अमृत भुजेलले जानकारी दिए । वि.सं. २०६८ सालमा स्थापना भएको महासंघको यो तेस्रो चुनावी महाधिवेशन भएको उनले बताए । भ्रमण वर्ष–२०२२ लाई सघाउ पु¥याउनको लागि कर्णाली प्रदेशको राजधानीमा महाधिवेशनको आयोजना गर्न लागिएको भुजेलले बताए ।

उनले ८० हजार होटल व्यवसायीहरूको प्रतिनिधित्व गरी महाधिवेशनमा सुर्खेत आउने व्यवसायीहरूलाई कर्णालीका महŒवपूर्ण पर्यटकीय स्थलहरूको अवलोकन गराउने कार्यक्रम समेत रहने जानकारी दिए । कार्यक्रम कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा हुने जनाइएको छ ।

प्रकाशित मितिः   ३ पुष २०७६, बिहीबार ०९:५०