उज्वलको अध्यक्षमा थापा

उज्वल बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको अध्यक्षमा कर्णबहादुर थापा चयन भएका छन् । संस्थाको १६औं वार्षिक साधारणसभाले थापाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा नवराज श्रेष्ठ, सचिवमा हरिप्रसाद शर्मा र कोषाध्यक्षमा भिमबहादुर शाही चयन भएका छन् । यस्तै सदस्यहरूमा हेमराज अधिकारी, भीमप्रसाद पौडेल, अग्निप्रसाद जैसी, अशोककुमार शाही, कृष्णप्रसाद जैसी, कमला पाण्डे र सरस्वती नेपाली रहेका छन् । सभाले लेखा सुपरीवेक्षण समितिको संयोजकमा कलाधार उपाध्याय तथा सदस्यहरूमा जुद्धबहादुर सिंह र कल्पना हमाललाई चयन गरेको छ ।

प्रकाशित मितिः   १ पुष २०७६, मंगलवार ०९:१२