महासं३को जिल्ला परिषद् सम्पन्न
सुर्खेत : नेपाल शिक्षक महासंघ जिल्ला समिति सुर्खेतको प्रथम जिल्ला परिषद् बैठक सम्पन्न भएको छ । शुक्रवार वीरेन्द्रनगरमा महासंघ सुर्खेतका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षता तथा राष्ट्रिय समिति अध्यक्ष बाबुराम थापाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय समिति अध्यक्ष थापाले वर्तमान अवस्थामा महासंघको भूमिका के हुन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए । साथै उनले हालै मात्र सार्वजनिक भएको शिक्षा नीतिको स्वागत गर्दै आफूहरूले यसअघि सरकार समक्ष राखेका मागहरू समेटिएर शिक्षा ऐन चाँडै बन्ने विश्वास व्यक्त गरे ।
यसैगरी सोही बैठकमा महासंघ जिल्ला समिति सुर्खेतले प्रकाशन गरेको ‘महासंघ सन्देश’को पनि विमोचन गरिएको छ । यसभित्र विद्यालय शिक्षाको विगतदेखि वर्तमानसम्मको इतिहासका साथै शिक्षक महासंघको इतिहास समेटिएको महासंघ सुर्खेतका अध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिए । बैठकमा महासंघका राष्ट्रिय समिति उपाध्यक्ष तिर्थजङ्ग शाही, सदस्य संगम केसी, कर्णाली प्रदेश अध्यक्ष देवेन्द्रराज अधिकारी, सह–अध्यक्ष नन्दराम गुरूङ्ग, महासचिव गोविन्द ढकाल, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संयोजक पूर्णबहादुर शाही, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य तथा प्रदेश इञ्चार्ज रुद्र केसी लगायतको सहभागिता रहेको थियो । महासंघका जिल्ला सचिव राजेन्द्र गौतमले प्रगति तथा सांगठनिक प्रतिवेदन र अर्थ सह–सचिव खड्गबहादुर थापाले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
प्रकाशित मितिः २८ मंसिर २०७६, शनिबार १०:००
साझा बिसौनी ।