दन्त परीक्षण शिविर
सुर्खेत : काँक्रेविहार डेण्टल केयर होमको आयोजनामा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । मंगलवार वीरेन्द्रनगरस्थित भ्याली मेरिडियन एकेडेमीका दन्त परीक्षण तथा औषधि वितरण शिविर आयोजना गरिएको हो ।
शिविरमा विद्यालयका साढे चार सयभन्दा बढी विद्यार्थीहरूको दाँत परीक्षण गर्नुका साथै औषधि वितरण समेत गरिएकोले डेण्टलका सञ्चालक सुरेशजङ्ग शाहीले जानकारी दिए । उनका अनुसार डा. निरजकुमार देव, डा. अनिल बडालसहितको टोलीले दाँत परीक्षण गरेको थियो । विभिन्न विद्यालयहरूमा निःशुल्क शिविर सञ्चालन गर्ने अभियान अन्तर्गत भ्याली मेरिडियनमा गरिएको शाहीले जानकारी दिए । उनले आगामी दिनमा अन्य विद्यालयहरूमा पनि यस्ता शिविर सञ्चालन गरिने बताए ।
प्रकाशित मितिः २५ मंसिर २०७६, बुधबार ०८:४३
साझा बिसौनी ।