सीप परीक्षण मूल्यांकनकर्ता तालिम

सुर्खेत : प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् राष्ट्रिय सीप परीक्षण समिति सानोठिमी भक्तपुरको आयोजनामा पाँच दिने सीप परीक्षण मूल्यांकनकर्ता तालिम आइतवारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट ) दोस्रो चरणको सहयोगमा तालिम सुरु भएको हो ।

कर्णाली प्रदेशमा सीपमूलक तालिम प्रदान गरेका र व्यवसायमा काम गरी अनुभव प्राप्त दक्ष जनशक्तिहरूको सीप प्रमाणित गर्न तालिम आयोजना गरिएको हो । यसले स्थानीयस्तरमा नै मूल्यांकनकर्ता तयार पार्नका लागि सघाउ पुग्ने राष्ट्रिय सीप परीक्षणका उप–निर्देशक भवनाथ त्रिपाठीले बताए । कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् कर्णाली प्रदेशका निर्देशक मोहनबहादुर कार्कीले स्थानीयस्तरमा नै मूल्यांकनकर्ता तयार भएपछि सीप परीक्षण तालिम सञ्चालन गर्न सहज हुने बताए । यस क्षेत्रमा सीप परीक्षण गर्दा मूल्यांकनकर्ताको अभावले सीप परीक्षणमा आउने समस्या समाधान हुने कार्कीको भनाइ थियो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उप–सचिव कृष्ण ढुङ्गानाले आयआर्जनमा सहयोग गर्नका लागि विश्व बंैकको सहयोगमा व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना सञ्चालन भएको बताए । परियोजनाको राम्रो भएपछि दोस्रो चरण कार्यक्रम सुरु गरिएको हो । तालिममा कर्णाली प्रदेशमा विभिन्न व्यवसाय गरिरहेका २१ जनाको सहभागिता रहेको छ ।

प्रकाशित मितिः   २३ मंसिर २०७६, सोमबार १०:१९