‘अधुरो सपना’को शुभमुहुर्त

सुर्खेत : सामाजिक कथानक चलचित्र ‘अधुरो सपना’को शुभमुहुर्त गरिएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढासहितको सहभागितामा मंगलवार चलचित्रको शुभमुहुर्त गरिएको हो ।

कर्णाली मूभि हाउसको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रले देहव्यापार, लागूऔषध दुव्र्यसन, बालविवाहलगायत विषय उठान गर्ने निर्माण पक्षले जनाएको छ । चलचित्रको मुख्य भूमिकामा सञ्जीव बराल र रेशम नेपकिङ, एलिजा लामिछाने, प्रेमदेव गिरी लगायत छन् भने दुई दर्जन बढी कलाकारहरूले अभिनय गर्नेछन् । खगेन्द्र केपीले लेखेको कथालाई उनी आफैले निर्देशन गर्दैछन् । चलचित्र २५ लाखको लगानीमा निर्माण हुने जनाइएको छ ।