भ्रममा परेकी युवती
![]() |
ललिताकुमारी दाहाल- |
युवतीको यौवनको जवानी चढ्दा उसमा गजबको अत्याहट स्पन्दन, अपूर्ण हलचल हृदयमा गहिरो अनुभव गरेकी हुन्छे । उसको अनुभवले उसको यौवनले आफ्नो बढ्दो जवानीलाई एउटा सुन्दर पुरुषका हातमा सुम्पिने सपना दिनप्रतिदिन देखेकी हुन्छे । एकदिन उसले आफ्नो जवानीको रङ्गलाई एउटा सुन्दर पुरुषलाई सुम्पिन्छे तर उसको प्रेम धेरै दिन अड्न सक्दैन । उसको लागि प्रेम त जादु नै भयो किनकी ऊ विदेशी थियो । युवतीको खाइलाग्दो जीवनमा केवल चिप्लो बनेर मात्र पसेको थियो । केवल उसको जवानी अस्तित्व मात्र लुट्ने, उसको जवानीको अस्तित्वलाई लुटेर, ऊ सँग मोजमस्ती गरेर आफ्नो स्वार्थ पूरा गर्दै उसको जीवनबाट खस्रो भएर निस्क्यो । अनी सोझी युवती आफ्नो छाती मुड्क्याउँदै भाग्यको फललाई धिकार्दै बस्नु प¥यो । आज पूरा एक वर्ष भयो उसले वियोगको वेदनालाई आफ्नो हृदयमा ठाउँ दिएको ।
युवतीको घरको साइटको घरमा कुनै नयाँ मानिस भाडामा बस्न आइपुगेछ । भाडामा बस्नेहरू धेरै छन् तर कसैको बारेमा पनि ती युवतीलाई कुनै चासो थिएन त्यसमा पनि विदेशीसँग । विदेशीको प्रेमको परिणाम उसले राम्रोसँग बुझेकी थिइ । त्यसैले उसलाई विदेशीमाथि एक प्रकारको घृणा भएको थियो । किनकी उसको मनमा लेखिएको थियो की विदेशीसँगको प्रेम धेरै दीर्घायू
हुँदैन । किनकी त्यो बालुवामा पानी खन्याए झैँ हो ।
यति समय बितिसक्दा पनि युवती उदास छे किन हो ? भन्न सकिन्न । शरदको सुन्दर दिन थियो । आकाशमा पंक्षीहरूझै बादल उडीरहेका थिए । जताततै प्रकृतिले मुस्कान छाएको थियो । अनि त्यही प्रकृतिसँग रमाइरहेको शरदको सुन्दरता देखेर कसैको सम्झनाले हो कि युवतीको हसिलो मुखमा विषादको छाप लागेको छ । आकाशमा पंक्षीहरूझैं बादल उडीरहेको नै
थियो । त्यतिबेला नै काम विशेकले युवती माथि
जान्छे । अनि साइडको घरतिर उसको झ्याल थियो । कुनैलाई हेर्ने उद्देश्यले होइन उसको मनको मामुली उत्सुकता मात्र थियो । त्यो निलो आकाश त्यसमाथिको कालो बादल अनि प्रकृतिको सुन्दरतालाई हेर्न अनि उसले हेरी पंक्षीजस्तै उडीरहेका निला गगनलाई, धुँवाजस्तो बादल अनि सुन्दरताले भरिपूर्ण त्यो प्रकृतिलाई । अनि साइडको घरको झ्याललाई हेरी । गोरो वर्णको निधार खुलेको सूर्यको तेजजस्तो आँखा भएको, अनि खाइलाग्दो शरीर भएको एउटा सुन्दर युवक बसेर सुमधुर स्वरमा गीतहरू गुन्गुनाइरहेको थियो । अनि युवतीको बल्केको हृदयको घाउँमा गीतले तिखो वस्तु बनेर छोइदियो । आह ! कति दुख्यो हो विचरीलाई । त्यो नै जान्दी हो । त्यसदिनदेखि युवकप्रति र उसको गीतप्रति युवतीको मनमा मोह पलाउन थाल्यो । खराब कुरालाई लिएर होइन मनको धर्म हो सहानुभूति देखाउनेलाई सान्त्वना दिनु । सधैं साँझमा गीत गाएर कसैलाई रुवाउने बानीलाई समातेको छ त्यस युवकले । उसको गीत सुन्न युवती पनि अनेक काम छाडेर रुन आइ पुग्छे । यस्तो अवस्थामा दुःखले भरिएको गीत सुन्नु अनि रोएर मनलाई शान्त पार्नु नै उसको बानी थियो ।
जवानीको उत्सुकता अनि विछोडको बिलौनालाई सम्झेर पहिले–पहिले युवती लुकेर गीत सुन्दथी । अब गीत होइन गाउनेको मुख हेर्ने लोपले उसको कोमल मुुटुलाई घोच्न थाल्यो । अनि मनलाई सम्झाउने, थाम्ने प्रयास गरी, अघिको विदेशीको कुरा सम्झी त्यति गरे पनि उसको मनले मातेको बालकझैं ढिपी कस्न
थाल्यो । आफ्नो मनसँग लड्दा लड्दैं विचरी यौवनको पीडाले भोकाएकी प्रेमको स्वाद पाइसकेकी युवती । आफूलाई देखाउने मौका त्यो सुन्दर युवकसँग एकचोटि आँखा जुँधाउने अवसर गर्दागर्दै एकदिन सफल हुन पुग्छे । अनि युवकले पनि उसलाई चाहनाले भरिएको आँखाले हे¥यो अनि युवतीको शरीरमा एकचोटि बिजुली झट्का झैं जोडले उसको शरीर झट्कियो अनि मुटुु ढुकढुक हुन लाग्यो । आफ्नो अवस्थालाई बुझेर लुक्नु प¥यो भनी लुकी । अनि लुकेपनि युवकलाई हेर्ने लोप भने थाम्न सकीन युवकको आँखामा गजबको आकर्षक थियो । युवतीका निम्ति वा उसँगैको अरु नारीका निम्ति । एउटी युवतीको लालसले भरिएको भावुक हृदयलाई युवतीले पनि पाएर आफ्नो मनमा मन मिलाइ सकेकी हुन्छे । झ्यालमा बसेर युवतीको र त्यस युवकको आँखामा आँखा जुँधाएर कुरा हुन्छ, अनि त्यो भावुक युवकले आँखामा रोपेर भन्छ, ‘ए युवती तिमी मेरो हृदयलाई छाम कस्तो ज्वाला दन्किरहेछ, तिमी आऊ मेरो ज्वालामुखीलाई शान्त गर्न, तिमीले ननिभाएर म डढेर खरानी हुनेछु मेरो कुनै अङ्ग पनि बाँकी रहने छैन यति जानेर पनि मेरो हत्या गर्न तयार छ्यौ ?’ अनि युवती भन्दै थिइ यो सब पुरुषहरूको फकाउने वाहना मात्र हो । तै पनि तपाईंको अवहेलना गर्ने म मा शक्ति छैन । जीवनमा एकचोटि पहिले नै भूल गरीसकेकी छु । तपाईं जस्तै सुन्दर अनुहार अनि चिप्लो भावले, उसको मिठो बोलीले आफूलाई स्वर्ग पु¥याउने आशाले आफ्नो अमूल्य जीवनलाई विना प्रतिकार उसको हातमा समर्पण गरेकी थिएँ । उसले मेरो सर्वश्व लुटिसकेको थियो । मैले आफूले गरेको भूल पछि मात्रै देखे । देखेर पनि के नै गर्न सक्थें र ? युवकले भन्थ्यो, ‘म तिमीलाई हृदयदेखि नै प्रेम गर्छु, मेरो प्रेम तिम्रो प्रत्येक अङ्ग–अङ्गमा लुकेको छ म तिमीलाई बाँचा गर्छु तिमी बाहेक अरुसँग प्रेमको त के कुरा उनीहरूसँग आँखा पनि जुँधाउदिन, सिधा नजरले पनि हेर्दिन तिमीलाई सुखसँग पाल्नेछु ।’ युवकका कुरा सुनेर युवती छक्क परी शीर झुकाइ अनि युवकका ठूला–ठूला आँखामा आफूलाई लिने प्रयत्न गर्थि । उसका पोटिला गालामा अनि डुब्न लागेको सूर्यको रङ्ग दर्गुथ्यो र झुकेको शीरले उसको चाहनालाई प्रष्टाउँथ्यो ।
एकदिनको कुरा हो युवतीलाई प्रेम खपी नसक्नु भयो र एउटा कागजमा केही लेखेर युवक तल झर्नसाथ झ्यालबाट तल खसाली दिइ । प्रेमले मात्तिएको युवकले त्यसपत्रलाई टपक्क टिपेर पढ्यो अनि पत्रमा लेखिएको थियो कि, ‘हे मेरो राजा मैले खुब कोशिस गरें प्रेमको पासो आफ्नो घाँटीमा नलगाउँ भने तर सकिँन । अब म हजुरको मायामा फसीसकें, दया गरेर आजै जसरी भए पनि पछाडिको ढोकाबाट आउने कष्ट गर्नुहोला ।’ युवकले पत्र पढ्यो जुन पहिला पढेको थियो । त्यो शब्द पटक–पटक दोहो¥याउँथ्यो । अब बल्ल उसले विश्वास ग¥यो अनि राम्रो नराम्रो कुराको बारेमा सोच्यो आखिरमा विश्वासको वास्तविकताले जित्यो अनि युवतीको निमन्त्रणालाई स्वीकार गर्ने निर्णय ग¥यो अनि त्यहाँ पुग्छ ।
युवक – तिमी कति सुन्दर मेरो मनकी रानी ।
युवती – तपाईं पनि कति विशाल मेरो देवता ।।
तिमी र म आज जस्तो आनन्दमय घडीलाई सदा बिताउन पाउँ है सानु ! हे भगवान् हात जोडेर बिन्ती छ । हामी दुई कहिल्यै पनि छुट्टिन नपरोस् मरे पनि एकचोटि बाँचे पनि एकै साथ अनि उसले भन्छ तिम्रो मन कति सफा छ प्रिय । युवती भन्छे तपाईंले मलाई कति माया गर्नुहुन्छ त्यति नै । युवक भन्छ हृदयको कुरा हृदयसँग सोध है सानु । यति भन्दै आनन्दपूर्वक युवतीलाई आफ्नो न्यानो अङ्गालोमा बेर्छ, उ बेहोस भइसकेकी हुन्छे अनि सानु–सानु भन्छ आफूलाई आनन्दको भरमा छोडेर युवकसँग आनन्दमा मस्त छे कुनै, नयाँ संसारमा अनि प्रेमको अभिनयमा ।
दिनप्रतिदिन समयले डाँडो नाघ्दै जाँदा युवक र युवतीको प्रेम नजिकिंदै गयो एक दिन युवती भन्छे हे राजा अब हाम्रो प्रेमको फल सबैका अगाडि देखिने मौका आइसक्यो म युवतीबाट एउटा जननीका दर्जामा गइरहेकी छु । अब के होला ? युवकले सामान्य भावमा भन्यो, ‘क्यै चिन्ता नलेउ । तिमी आमा बन्न लागेकी छ्यौ भन्ने कुनै ठूलो कुरा होइन । स्त्रीहरू आमा बन्नलाई नै यो संसारमा जन्म लिइएका हुन्छन् रे । त्यसो भए हामी यो ठाउँलाई छोडेर टाढा जानुप¥यो कसैले पनि थाहा नपाउने ठाउँमा । तिमी जान तयार छौ त ? तयार छु ? तपाईं को इच्छा नै मेरो इच्छा हो । जे भन्नुहुन्छ म त्यही मान्छु सुरिलो स्वरमा युवतीले भनी । उत्साहका साथ युवकले भन्यो कहिले त ? युवकको मुखमा हेर्दै युवती भन्छे अहिले नै हुन्छ जाने भए जाउँ त । “अगाडि लाग्दै युवकले भन्यो “लौ हिँड त” हर्षले गद्गद हुँदै युवतीले भनी एकछिन पर्खनुहोस् मसँग अलिकति गहना छ त्यो साथमा लिए पनि काम लाग्ला । किन चाहियो त गहना ? युवकले सोध्यो, भए पनि एकछिन पर्खनुहोस् भन्दै युवतीले घरतिर लागि । अनि एकछिनमा गहना लिएर युवती त्यहाँ आइपुग्छे र युवकको हातमा पार्छे । युवकले उसको कानमा सुटुक्क भन्छ ‘यसलाई म यहाँबाट अलि पर पु¥याएर आउँछु सँगै गए पुलिसले समात्ने डर हुन्छ अनि तिमीलाई सँगै लान्छु हुन्न ?’ युवककै स्वरमा युवती भन्छे हुन्छ । गहना लिएर युवक बाहिर निस्क्यो । ३÷४ घण्टा बितिसक्यो युवती उसको बाटो हेरे बसीरही उसको प्रतिक्षा गर्दागर्दै साँझ पनि परिसक्यो तै पनि युवक फर्केर आएन । युवतीको मनमा शंका उठ्यो उ घरभित्र गई आफ्नो झ्यालबाट युवक बसेको झ्यालतिर हेरी कोठामा ताल्चा लगाएको थियो । ‘अब ऊ कहिल्यै आउँदैन ।’ भनेर जोडले रोइ कराइ कसले सुन्छ उसको व्यथा अनि पीडा कसलाई के दोष ।।
(लेखक मप विश्वविद्यालय एमईएस प्रथम सेमेस्टरमा अध्ययनरत छिन् ।)
साझा बिसौनी संवाददाता ।