वातावरणको साधारणसभा

सुर्खेत : वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. सुर्खेतको १७औं वार्षिक साधारणसभा यस पटकदेखि सेवाकेन्द्रस्तरीय भएको छ । शनिवार रामघाट सेवाकेन्द्रमा सभा सम्पन्न भएको छ । संस्थाको सञ्चालक समितिका सदस्य ऋषिप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा भेरीगंगा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष तिलकराम डाङ्गी, शिखर बचत तथा ऋण सहकारी संस्थाका रामबहादुर चन्द, चन्द्रोदय आधारभूत विद्यालयका शिक्षक जगतबहादुर सिंह ठकुरी, शेयर सदस्यहरूको तर्फबाट हिरा चालिसेलगायतले शुभकामना दिएका थिए ।

संस्थाका कार्यकारी प्रबन्धक सुरजप्रसाद आचार्यले स्वागत गरेको कार्यक्रममा कोषाध्यक्ष ताराकेशर पौडेलले संस्थाको संयुक्त नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको कार्यक्रम सञ्चालक एवम् संस्थाका प्रबन्धक श्यामलाल न्यौपानेलेजानकारी दिए । यस वर्ष संस्थाले बचत तथा ऋण कार्यक्रमतर्फ ६१.६४ प्रतिशत र लघुवित्त कार्यक्रमतर्फ ७५ प्रतिशत गरी समग्रमा कूल ६८.४३ प्रतिशतले प्रगति हासिल गरेको जनाएको छ । अहिले संस्थामा करिब ३० हजार सदस्यहरू आवद्ध भएका छन् । संस्थाले स्थापना गरेका सेवाकेन्द्रहरूमा संस्थाको साधारणसभा हुने र प्रधान कार्यालयमा प्रमाणीकरणसभा हुने प्रावधान यसैवर्षदेखि भएको प्रबन्धक न्यौपानले बताए ।

प्रकाशित मितिः   १५ मंसिर २०७६, आईतवार ०९:१८