भेरी माविमा विव्यस गठन

सुर्खेत : भेरी माध्यमिक विद्यालय बराहताल–२, सुर्खेतको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । अभिभावक भेलाबाट रामचन्द्र पुरीको अध्यक्षतामा समिति गठन गरिएको हो ।

भेलाले अध्यक्षमा रामचन्द्र पुरी तथा सदस्यहरूमा यामबहादुर बुढा, यामकुमारी नेपाली र सीता चन्दलाई निर्वाचित गरेको हो । यसैगरी थप सदस्यहरूमा वडा अध्यक्ष योवराज कार्की, शिक्षाप्रेमी दुर्गाकुमारी विष्ट र संस्थापक सदस्य कृष्णबहादुर खत्रीलाई मनोनित गरिएको छ । यस्तै शिक्षकहरूको प्रतिनिधित्व गर्दै जयबहादुर वली सदस्य मनोनित भएका छन् भने विद्यालयका प्रधानाध्यापक रत्नबहादुर बुढा समितिको सदस्य–सचिव छन् ।

प्रकाशित मितिः   १४ मंसिर २०७६, शनिबार १४:३६